


प्रभाबकारी र सेवा मुलक व्यवसायिकतालाई मध्यनजर गर्दै तपाईहरु समक्ष दशकौं देखि निरन्तर ज्योतिष, वास्तुशास्त्र, योग, आध्यात्म जस्ता विषयमा सेवा प्रदान गरिरहेका छौं । यस कार्यलाई समयानुकूल सहज,आत्मसन्तुष्टिप्रद र अनुकरणिय कसरी बनाउन सकिन्छ भन्ने विषयमा तपाईं (प्रयोगकर्ताहरु)संग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढिरहेका छौं र निरन्तर बढ्ने छौं ।
+977-9851175047 🕉
अनलाइन माध्यमबाट वा प्रतक्ष भेट गरेर विशेषज्ञ ब्यक्तिहरुबाट चिना कुण्डली, ग्रहशान्ति, पूजा-आजा, वास्तुशास्त्र, रत्न, रुद्राक्ष, योग र प्राकृतिक चिकित्सा सम्बन्धि सेवाहरु लिन सक्नुहुनेछ।
ज्यो. वासुदेव अधिकारी

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

का, कि, कु, घ, ङ, छ, के, को, ह

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तो, ना, नि, नु, ने, नो, या, यि, यु

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

गु, गे, गो, सा, सि, सु, से, सो, द

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ज्यो. वासुदेव अधिकारी

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

का, कि, कु, घ, ङ, छ, के, को, ह

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तो, ना, नि, नु, ने, नो, या, यि, यु

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

गु, गे, गो, सा, सि, सु, से, सो, द

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ज्यो. वासुदेव अधिकारी

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

का, कि, कु, घ, ङ, छ, के, को, ह

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तो, ना, नि, नु, ने, नो, या, यि, यु

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

गु, गे, गो, सा, सि, सु, से, सो, द

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ज्यो. वासुदेव अधिकारी

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई केही चुनौतीसँग जुध्नुपरे पनि आर्थिक पक्षमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षको पूर्वार्धमा शीर्षभावमा बृहस्पति र राहुको संयुक्त उपस्थितिले व्यवहारमा विद्रोही स्वभाव र मनमा कर्तव्यभाव उत्पन्न हुने संयोग बन्नेछ। बृहस्पतिले धैर्य एवं प्रतिबद्ध रहने गुण प्रदान गर्ने हुँदा अप्ठ्यारा परिस्थितिलाई पार लगाउँदै लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले नयाँ पेसा–व्यवसाय जुराउनेछ। सन्तान, सहयोगी र शुभचिन्तकका माध्यमबाट अभीष्टसिद्धि हुनेछ। राहुको प्रभावले अरूको दबाबमा काम गर्नुपर्ने, आफन्तबीच वादविवाद भइरहने, प्रतिशोधको भावना जाग्ने, मनमा डर, चिन्ता र अशान्ति जस्ता समस्या आइरहने छन्। आफ्ना कमजोरीहरू सतहमा आउनाले प्रतिष्ठामा समेत दाग लाग्न सक्छ। दाम्पत्यभावमा केतुको प्रभावले घर–गृहस्थी अशान्त बन्ने सम्भावना छ। गलत चिन्तन र स्वार्थभावले प्रेमसम्बन्धमा विकृति आउन सक्छ। जीवनसाथीको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्नेछ।उत्तरार्धमा राहु खर्चको कारक बन्ने देखिन्छ। केतुको प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। वर्षभरि आयभावमा रहने शनिको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। कृषि, पेसा–व्यवसाय, उद्योग, ठेक्कापट्टा, सेयर आदिमा प्रशस्त लाभ हुनेछ। रोजगारीका निम्ति विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा–आराधना गर्दा राहु र केतुजन्य दोषमा कमी आई फाइदा हुनेछ। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई यो वर्ष केही संघर्षमय देखिए पनि सामान्य उतारचढावका साथ आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। खर्चभावमा बृहस्पति र राहुको एकसाथ उपस्थितिले वर्षको पूर्वार्धमा दुर्जनको संगत, अर्थहानि, मानहानि, ऋणभार जस्ता समस्या आउनेछन्। लगानीका नाउँमा मोटो रकम खर्च भए पनि लाभ उठाउन मुस्किल पर्नेछ। यस बीचमा केतुको अनुकूल प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। मुद्दा–मामिलामा न्याय पाइनेछ र प्रतिस्पर्धाबाट फाइदा हुनेछ। कर्मभावमा शनिको उपस्थितिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। जेठ ३० देखि कार्तिक १५ सम्म शनिको वक्र गतिले काम रोकिने, उधारो व्यापार, नोकरीमा समस्या, पेसा–व्यवसायमा अड्चन, सहयोगीहरूबाट धोका, आर्थिक मन्दी जस्ता समस्या आउनेछन्। हिसाबमा आम्दानी देखिए पनि व्यवहारमा कम रकम हातलागी हुनेछ। वर्षको उत्तरार्धमा राहु आयभावमा प्रवेश गर्ने र शनिको वक्रगति समाप्त हुने हुँदा स्थिति अनुकूल बन्दै जानेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम शुभारम्भ गर्न सकिनेछ। कृषि, पशुपालन, व्यापार, उद्योग तथा सेयरमा लाभ मिल्नेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुन सक्छ। पेसा–व्यवसायमा उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। देवगुरुको प्रभावले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा खर्च गरिनेछ। विदेश ताक्ने हरूलाई यात्राको अवसर प्राप्त हुनेछ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन ग्रहशान्ति जप, अनुष्ठान गर्न सकिन्छ। बृहस्पतिका लागि बंगलामुखी र शिवजी तथा राहुका लागि वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। काली भगवतीको पूजा र हनुमानचालीसा पाठ गर्नाले शनिदोष शान्त हुनेछ। तुलनात्मक रूपमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ।

का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई यो वर्षको पूर्वार्ध उत्साहजनक र उपलब्धिमूलक हुनेछ। आयभावमा रहने बृहस्पति र राहुको प्रभावले आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। केतुको प्रभावले सुरुमा स्वास्थ्यबाधा, अध्ययनमा अवरोध र सन्तानका बारेमा चिन्ता बढाउन सक्छ। वर्षको उत्तरार्धमा पारिवारिक समस्या बढ्ने, घरजग्गामा किचलो, साझेदारीमा विवाद, कृषि उत्पादन र पशुधनमा क्षय, सवारीसाधनमा नोक्सानी जस्ता समस्या पनि आउन सक्छन्। धर्म तथा भाग्य भावमा वर्षभरि शनिदेवको उपस्थिति रहनेछ। यसको प्रभावले रोग र शत्रुलाई प्रश्रय दिनुका साथै धार्मिक तथा सामाजिक क्रियाकलापमा बाधा, पारिवारिक मतभेद, साथीभाइ र बन्धुबान्धवसँग असमझदारी जस्ता उल्झन निम्त्याउने सम्भावना देखिन्छ। वर्षको उत्तरार्धमा कर्मभावमा जाने राहुले पनि कर्मक्षेत्रमा वादविवाद र उल्झन निम्त्याउन सक्छ। वर्षभरि बृहस्पतिको प्रभावले शुभकर्म गर्न प्रेरणा प्राप्त भइरहनेछ। भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। विद्यार्थीहरूमा लगनशीलता बढ्नेछ र अध्ययनले उचाइको बाटो समाउनेछ। विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई पनि नयाँ काम गर्ने उपयुक्त वातावरण रहनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। जन्मकुण्डलीमा पाप ग्रहहरू प्रतिकूल हुनेहरूका लागि सम्बद्ध ग्रहहरूको पूजा–अनष्ठान गर्दा राम्रो हुनेछ। राहु–केतुको प्रतिकूल प्रभावबाट मुक्त रहन वटुकभैरव र छिन्नमस्ता भगवतीकोको पूजा–आराधना गर्नुहोला। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलि कष्टदायक रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा विशेष अर्थलाभ हुनेछ।

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो वर्ष मध्यम फलदायी रहेको छ। कर्मभावका बृहस्पति र राहुको संयुक्त उपस्थितिले वर्षको पूर्वार्धमा अवसर र व्यवधानका उतारचढाव देखापर्नेछन् भने मिहिनेतले आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। उत्तरार्धमा अधुरा काम सम्पादन गर्दै नोकरीमा प्रवेश वा पदोन्नति तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने र उपलब्धि जोगाउन सकिने ग्रहयोग छ। कष्टभावमा शनिको उपस्थितिले हुने साढेसाती प्रभाव भने वर्षभरि पीडादायी बन्न सक्छ। खास गरी जन्मकुण्डलीमा शनि अशुभ हुनेहरूका लागि दुर्जनको संगत, दुव्र्यसन, अर्थहानि, मानहानि, स्वास्थ्य–हानि, लाञ्छना, सहयोगीहरूबाट धोका, आफन्तसँग मतभेद, गृहकलह, अभाव, बन्धन, विपत्ति, कष्ट जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। असोजसम्म कर्मभावमा राहुको उपस्थितिले कर्मक्षेत्रमा वादविवाद भइरहनेछ। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुँदा धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। गृहसुखमा केतुको प्रभावले घरमा मन नअडिने र आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ। कार्तिकदेखि पराक्रममा केतु र भाग्यभावमा राहुको प्रवेशसँगै कर्मभावमा बृहस्पतिको एकल उपस्थितिले पेसा–व्यवसायमा सुधारका संकेतहरू देखा पर्नेछन्। आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना केही कष्टदायी रहनेछन्।

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। बृहस्पति र राहु एकसाथ कष्टभावमा रहनाले अवसरका लागि संघर्ष गर्नुपर्नेछ भने लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। सामाजिक न्यायबाट वञ्चित भइनेछ भने नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। तर शत्रुभावस्थित शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। कृषि तथा पशुपालनमा पनि सामान्य फाइदा हुनेछ। आँटले काम लिनेहरूका लागि केही अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। धेरै श्रम लागे पनि गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। वर्षको उत्तरार्धमा राहु दाम्पत्यभावमा र केतु शीर्षभावमा प्रवेश गर्ने हुँदा पतिपत्नीबीच असमझदारी, पारिवारिक कलह, अपजस, अर्थहानि जस्ता समस्या देखापर्नेछन्। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। अध्ययनमा समेत बाधा पर्न सक्छ। बृहस्पति, राहु र केतुको प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला। शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले बृहस्पतिको दुष्प्रभाव शान्त हुनेछ। वटुकभैरव, छिन्नमस्ता र धूमावती भगवतीको पूजा–आराधना गर्नाले राहु र केतुको दुष्फल कम भई फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। बृहस्पति र राहु एकसाथ कष्टभावमा रहनाले अवसरका लागि संघर्ष गर्नुपर्नेछ भने लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। सामाजिक न्यायबाट वञ्चित भइनेछ भने नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। तर शत्रुभावस्थित शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। कृषि तथा पशुपालनमा पनि सामान्य फाइदा हुनेछ। आँटले काम लिनेहरूका लागि केही अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। धेरै श्रम लागे पनि गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। वर्षको उत्तरार्धमा राहु दाम्पत्यभावमा र केतु शीर्षभावमा प्रवेश गर्ने हुँदा पतिपत्नीबीच असमझदारी, पारिवारिक कलह, अपजस, अर्थहानि जस्ता समस्या देखापर्नेछन्। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। अध्ययनमा समेत बाधा पर्न सक्छ। बृहस्पति, राहु र केतुको प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला। शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले बृहस्पतिको दुष्प्रभाव शान्त हुनेछ। वटुकभैरव, छिन्नमस्ता र धूमावती भगवतीको पूजा–आराधना गर्नाले राहु र केतुको दुष्फल कम भई फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।

र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई यो वर्ष उत्साहजनक प्रारम्भिक परिवेशबाट बीचमा केही अवरोहण भए पनि उत्तरार्धमा सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। गृहस्थी भावमा बृहस्पतिको उपस्थितिले वर्षारम्भदेखि नै विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइ सामान्य रहे पनि नतिजाले उत्साह जगाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत जुट्नेछन् भने आवास, भूमि तथा सवारीसुख प्राप्त हुने समय छ। मिहिनेतले प्रतिष्ठित स्थान दिलाउनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। यो वर्ष भाग्यले प्रेमपात्र जुराउनेछ। घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ। देवगुरुका साथमा राहुको समेत युतिसम्बन्ध रहेकाले जन्मकुण्डलीमा राहु प्रतिकूल हुनेहरूलाई असोजसम्म घर–गृहस्थीमा केही बाधाहरू आउनेछन्। पतिपत्नीमा असमझदारी, जीवनसाथीको स्वास्थ्यमा कमजोरी, काममा ढिलासुस्ती, आर्थिक मन्दी, घरजग्गा बन्धकी जस्ता समस्या आउन सक्छन्। विद्याभावका शनि र शीर्षभावका केतु प्रतिकूल हुनाले आलस्य र उदासीन प्रवृत्ति बढ्ने हुँदा प्रगतिको मार्ग संकुचित बन्ने देखिन्छ। दीर्घकालीन योजना नहु“दा उपलब्धिबिनै समय व्यतीत हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अध्ययनमा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। पेटको समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ। विदेश ताक्नेहरूलाई असारदेखि असोजसम्मको समय फलदायी रहनेछ। कार्तिकदेखि शत्रुभावमा जाने राहुको अनुकूल प्रभावले पारिवारिक समस्या समाधान हुनेछन् र अधुरा काम पनि सम्पादन हुनेछन्। केतुको प्रभावले खर्च बढ्ने र वैदेशिक यात्रामा समस्या पर्ने देखिन्छ। प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ। साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ।

तो, ना, नि, नु, ने, नो, या, यि, यु
बृहस्पति र शनि प्रतिकूल रहने हुँदा यो वर्ष उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने देखिन्छ। वर्षभरि बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन अशान्त भइरहने छ। गृहसुखमा रहने शनिको अढैया प्रभावले परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहनेछन्। काम बिग्रने डरले पनि सताइरहने छ। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। साझेदारीमा असमझदारी बढ्न सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। परिवारजनमा विश्वासको संकट देखापर्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। वर्षको पूर्वार्धमा केतुले खर्च बढाए पनि राहुको अनुकूल प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। आँटले काम लिँदा उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् र अड्किएको धन प्राप्त हुनेछ। उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ। कृषि, पशुपालन र उद्योगतर्फ फाइदा हुनेछ। वर्षको उत्तरार्धमा केतुको प्रभावले आयस्रोत सबल बन्नेछ। तर राहुको प्रभावले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। परिस्थितिवश लोकमा अपकीर्ति फैलिने र मानहानि हुने सम्भावना देखिएकाले सजग रहनुपर्नेछ। जन्मसमयमा बृहस्पति, शनि, राहु र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी, शनिका लागि काली भगवती तथा राहु र केतुका लागि बटुक भैरवको पूजा गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिको अढैया समय पनि अनुकूल बन्न सक्छ। यो वर्ष वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन्।

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै यस वर्षको मध्यसम्ममा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बृहस्पति, शनि र केतु अनुकूल हुनाले वर्षभरि भौतिक सुख–सुविधा प्राप्त भइरहनेछन्। बृहस्पति विद्याभावमा रहने हुँदा विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मनमिल्ने प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। सन्तानसुख प्राप्त हुनाले मनमा खुसियाली छाउनेछ। पराक्रमभावमा शनिको अनुकूल प्रभावले भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषि, पशुपालन, उद्योग र व्यवसायमा फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनः प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ उद्योगधन्दा स्थापना गर्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। पाचनप्रणालीमा राहुको प्रभावले केही समस्या आउने र उपचारमा खर्च हुने सम्भावना देखिन्छ। सन्तानबारे पनि अलि चिन्तामग्न भइनेछ। वर्षको उत्तरार्धमा सुखभावमा राहु र कर्मभावमा केतु प्रवेश गर्नाले परिवारसुखबाट वञ्चित भएको आभास हुनेछ। अवसरवादीहरूले आफन्तमा विग्रह ल्याई फाइदा उठाउने प्रयत्न गर्नेछन्। परिस्थितिवश नजिकका व्यक्तिसँग सम्बन्धमा चिसोपनो आउनेछ। आँटेका धेरै काम सम्पादन हुनेछन्। तापनि आर्थिक लाभ उठाइसकेको काम अधुरो रहनाले आलोचित बन्नुपर्ला। कृषि, पशुपालन, नोकरी तथा ठेक्कापट्टाबाट भने राम्रै फाइदा हुनेछ। विशेष यन्त्र, सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ विशेष फाइदा हुनेछ। राहुको प्रतिकूल प्रभावबाट मुक्त रहन विधिपूर्वक ग्रहजप तथा वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नुहोला। भदौ, मंसिर, पुस र चैत महिना अलि प्रतिकूल हुनेछन्। जेठ, असोज, कार्तिक र फागुन महिना भने विशेष शुभफलदायी रहनेछन्।

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा पारिवारिक समस्याले उल्झन र व्यावहारिक कठिनाइ देखिए पनि वर्षको उत्तरार्धमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। गृहसुखमा रहने बृहस्पतिको प्रभावले घरेलु समस्यासँग जुध्नुपर्नेछ। सत्यका पक्षमा लाग्दा दुःख पाइनेछ। अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ। परिस्थितिले साझेदारी तथा संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। वर्षभरि धनभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ र धनको अभाव भइरहनेछ। कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, पढाइमा अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। राहुको प्रभावले वर्षको पूर्वार्धमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। घरेलु समस्या आउन सक्छन्। प्रेममा मनमोटाव वा बिछोडसमेत निम्त्याउने हुँदा घरजमको आधारशिला कमजोर हुनेछ। केतुको प्रभावले केही लोकप्रिय काम बन्नेछन्। समाजमा कीर्ति फैलिने र मानसम्मान प्राप्त हुने सम्भावना छ। कार्तिकदेखि उद्योगभावमा जाने राहुको प्रभावले रोकिएका काम बन्नेछन्। कृषिकर्म, उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् र मनग्य धनलाभ हुनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ। बृहस्पतिका असल गुण सक्रिय बनाउन शिवजी र बगलामुखी भगवतीको दर्शन–पूजा गर्नुहोला। राहुदोष शमन गर्न वटुक भैरव र छिन्नमस्ताको दर्शन–पूजा गर्नुहोला। असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।

गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै मध्यसम्ममा उपलब्धि प्राप्त गर्न सफल भइनेछ। उद्योग तथा पराक्रमभावमा बृहस्पतिको उपस्थितिले यो वर्ष अध्ययन भन्दा कर्मयोगले प्रश्रय पाउने देख्रिन्छ। ज्ञानमार्ग कमजोर देखिए पनि कर्मका निम्ति अध्ययन गर्ने अवसर भने जुट्नेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। पूर्वार्धमा देवगुरुको साथ प्राप्त राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछन्। रोग र शत्रुमाथि विजय प्राप्त गर्न सफल भइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सकिनेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र र सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ मनग्य फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। आवश्यक स्रोत–साधन जुटाउन सकिनेछ। शीर्षभावमा शनिको उपस्थितिले मन–मस्तिष्कमा आलस्य जाग्ने, अध्ययनमा स्मरण र लेखनमा स्फुरण शक्ति कमजोर बन्ने, थकान महसुस हुने, समयमा काम गर्न नसकिने जस्ता समस्या देखा पर्नेछन्। वर्षभरि शनिदेवको मध्य साढेसाती चल्ने हुँदा विभिन्न व्यवधानसँग संघर्ष पनि भइरहनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूको स्वास्थ्य कमजोर हुनेछ, खर्च बढ्नेछ र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। आलस्य, ढिलासुस्ती गर्ने बानीले व्यवहारमा दुःख पाइनेछ। वर्षको उत्तरार्धमा राहुको प्रतिकूल प्रभावले वाणी तथा लेखनद्वारा व्यक्त विषय विवादास्पद बन्न सक्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। केतुको प्रभावले कब्जियत, शूल र चोटपटक जस्ता बाधा निम्त्याउन सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। शनिका लागि काली भगवती र राहु–केतुका लागि वटुकभैरवको पूजा तथा नियमित हनुमानचालीसा पाठ गर्नाले फाइदा हुनेछ। वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी हुनेछन् भने भने जेठ, असोज र माघ अलि प्रतिकूल रहनेछन्।

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो वर्ष अवसर प्राप्त भए पनि उपलब्धिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। बृहस्पति अनुकूल हुनाले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बृहस्पतिमाथि खर्चभावका शनिको वेध तथा दृष्टिदोष र राहुको युतिसम्बन्धले सामाजिक न्यायबाट वञ्चित भइनेछ भने समय–समयमा नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। कष्टभावको केतुले कब्जियत, शूल र चोटपटक जस्ता स्वास्थ्यबाधा निम्त्याउन सक्छ। शनिको साढेसाती दशाले साथीभाइ र घरपरिवारको सुखबाट वञ्चित भएको आभास गराउनेछ। परिस्थितिवश अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरणको चर्चा, अपजस, आलोचना आदिले केही हतोत्साहित भइनेछ। अवसरवादीहरूले नजिकको साइनो गाँसी आफ्नो भावनामाथि खेलबाड गर्ने प्रयत्न गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।
नेपाली ज्योतिष मार्फत सेवा लिएपछि सेवाग्राहीले आफुलाई लागेका भनाइहरु जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।
SantoshTrustindex verifies that the original source of the review is Google. Santosh shahi Sapana RegmiTrustindex verifies that the original source of the review is Google. Ramro sudan ranaTrustindex verifies that the original source of the review is Google. Recommended by others, I was curious to experience it myself — and after reading so many positive reviews, I decided to visit. The team was incredibly humble, professional, and knowledgeable throughout the experience. Their service and hospitality were truly impressive. Thank you for the excellent service, it was genuinely appreciated. Durga MainaliTrustindex verifies that the original source of the review is Google. Chandra DahalTrustindex verifies that the original source of the review is Google. I had a very good experience receiving Vedic astrology and horoscope services here. The horoscope analysis was very deep, clear, and practical. The insights about planetary positions, future predictions, and life-related guidance were... Sahadev NeupaneTrustindex verifies that the original source of the review is Google. The service at this Jyotish Karyalaya is very good. The astrologer is highly knowledgeable and has a calm, professional nature. He analyzed my birth chart properly and gave clear, practical advice. The remedies suggested were simple and effective. After some time, I noticed positive changes in my life. They provide timely service, a clean and comfortable environment, and maintain full confidentiality. I highly recommend this astrology center to anyone facing problems in life and seeking solutions. Thank you, Jyotishi Ji! 🙏 Kamala KayasthaTrustindex verifies that the original source of the review is Google. Dherai ramrod bake, Ramrod jyotish Ramrod puja gardinu bho Renisha AhujaTrustindex verifies that the original source of the review is Google. Very nice and interesting 🙏❤️ Ranjita GurungTrustindex verifies that the original source of the review is Google. Dherai ramro guru hunuhunch Bhairav MishraTrustindex verifies that the original source of the review is Google. 🙏🙏🙏🙏Respected Guruji is highly knowledgeable.His analysis of my Kundali was thorough, and their predictions regarding my personal life were spot-on. Highly recommended for genuine guidance.Google rating score: 4.9 of 5, based on 291 reviewsVerified by TrustindexTrustindex verified badge is the Universal Symbol of Trust. Only the greatest companies can get the verified badge who has a review score above 4.5, based on customer reviews over the past 12 months. Read more
कुण्डली विश्लेषण
विश्वासिलो राशिफल
वास्तु परामर्श
सन्तुष्ट सेवाग्राहीहरु
कुण्डली निर्माण