सिंह राशि

यस राशिको व्यक्ति क्षमाशील, काममा समर्थ, मद्य–मांसमा सदैव आसक्त, देशमा भ्रमण गर्ने, असल मित्रवाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छ । त्यसैगरी तीक्ष्ण स्वभावको, असहिष्णु, हतारमा काम गर्ने, ठूलो मुखाकृतियुक्त, कम पुत्रवाला, स्त्रीहरूसँग द्वेष राख्ने, पहाड र वनमा विशेष स्नेह राख्ने, निरर्थक क्रोध गर्ने, भोक प्यास बढी लाग्ने, त्यागी, पराक्रमी, स्थिरबुद्धि, घमण्डी र माताको वशमा रहने हुन्छ ।
त्यस्तै लक्ष्मीवान्, विद्वान्, निष्ठूर, सुशील, कृपण, सत्यवादी, विदेश यात्राप्रिय, युद्धप्रिय, शत्रुजयी, मानसिक दुःखले पीडित, निष्कपट, सङ्कीत र कलाप्रेमी एवम् सदैव उच्च पद प्राप्तिमा लालायित हुने स्वभावको हुन्छ ।यस व्यक्तिको स्त्रीहरूसँग कलह हुन सक्छ । त्यसैगरी चोरबाट पनि केही हानी हुन सक्छ ।
यस राशिको व्यक्तिलाई मेष, कर्कट, वृश्चिक, धनु, मिथुन, कन्या र मीन राशिवाला व्यक्तिसँग सम्बन्ध कायम गर्दा फाइदा हुन्छ भने वृष, तुला, मकर र कुम्भ राशिवाला व्यक्तिसँग शत्रुता हुन्छ । यस राशिलाई आइतबार शुभ र मङ्कलबार अशुभ हुन्छ । यस राशिको मालिक सूर्य भएकोले त्यसको रत्न माणिक लगाउनु र आइतबार व्रत गरी सूर्य पूजा गर्नु शुभ हुन्छ ।लालकिताबअनुसार घरमा ह्यान्डपम्पको प्रयोग गर्नु, चामल, चाँदी र दूधको दान गर्नु, सित्तैमा कुनै चिज नलिनु, आमा र हजुरआमाको कृपा प्राप्तिको प्रयास गर्नु, मद्य–मांसादि नखानु, तामाको सिक्कालाई खैरो धागोमा उनेर धारण गर्नु, सधैँ सत्य बोल्नु, कसैको अहित नगर्नु, आफुलेे दिएका आश्वासन पूरा गर्नु र सधैँ चाँदी साथमा राख्नु ।

सिंह राशि