यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय वचन बोल्ने, गीत, नृत्य, नाटकआदिको जानकार आदि लक्षणको हुन्छ ।
त्यस्तै विद्वान्, मिष्ठान्नप्रेमी, सुशील, रतिप्रिय, गुणी, भोगी, दानी, धार्मिक, विषयासक्त, चतुर, शास्त्रज्ञ, कुशाग्रबुद्धि, पुस्तकप्रेमी, भ्रमणशील, सर्वप्रिय, बढी भोजन गर्ने, शरीरमा तिल र मुसायुक्त हुन्छ । यस राशिवाला व्यक्तिका धेरै व्यवसाय हुने वा व्यवसायमा परिवर्तन भैरहने हुन्छ