वृष राशि
नाामाक्षर (इ ऊ ए ओ वा वी वू वे वो)
यस राशि भएको व्यक्ति भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान्, धनवान्, भोगविलासरत, तेजस्वी र असल मित्रवाला हुन्छ ।
त्यसैगरी सुन्दर, दर्शनीय, विशिष्ट, ठूलो र भरिलो मुखमण्डलयुक्त, ठूलो पीठ, मुख र पेटको किनारामा चिन्ह भएको, त्यागशील, क्लेश सहन सक्ने स्वभावको, समर्थ, उच्चा काँध भएको, कन्या सन्ततिवाला, सौभाग्यशाली, तीव्र भोकको अनुभव गर्ने, स्त्रीहरूको प्यारो, पक्का मित्रता राख्ने, मध्यावस्था र वृद्धावस्थामा विशेष सुख पाउने हुन्छ । त्यस्तै सत्यवादी, धनी, आयुष्मान्, परोपकारी, मातापिताका साथै गुरुभक्त, राजप्रिय, सभाचतुर, सन्तोषी, शान्तचित्त, सहनशील, बुद्धिमान, सुशील, आफ्नो काममा दृढ तर समयमा काम गर्नमा उद्विग्नचित्त, मित्रसम्पन्न, कुशल, देख्नमा सुन्दर, दृढ शरीरयुक्त र नेत्ररोगी हुन्छ । कन्यासन्तति बढी हुन्छन् ।
यस राशिका लागि चित्रकारी र सङ्गीत लाभदायक हुन्छ । अकस्मात् धन प्राप्त हुन्छ । गृह र भूमिको सुख पनि मिल्छ । बाल्यावस्थाभन्दा मध्य र वृद्धावस्थामा सुखी हुन्छ । यस राशिवालाले वृष, मिथुन, कन्या, मकर र कुम्भ राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । यस राशिको व्यक्तिलाई शुक्रबार अशुभ हुन्छ । यस राशिको मालिक शुक्र भएकोले त्यसको रत्न हीरा, ओपल वा स्वेत–पुष्पराज लगाउनु शुभ हुन्छ ।
लालकिताबअनुसार
अति काम-वासनाको त्याग गर्नु, मुङ्कको दाल दान गर्नु, शनिबार तेल दान गर्नु, शुक्रबार व्रत गर्नु, धार्मिक स्थलमा दूध, दही, घिउ र कपूर दान गर्नु, चाँदीको औँठी लगाउनु, झुटो नबोल्नु, प्रतिदिन एउटा असल काम गर्नु, कसैलाई धोका नदिनु र घरमा मनिप्लान्ट लगाउनु ।