तेल लगाउँदा वार अनुसारको फल

तैलाभ्यङ्गेरवौ तापः सोमे शोभा कुजे मृतिः ।
बुधे धनं गुरौ हानिः शुक्रे दुःखं शनौ सुखम् ॥
रबौ पुष्पं गुरौ दूर्वा भौमबारे च मृत्तिका ।
गोमयं शुक्रबारे च तैलाभ्यङ्गी न दोषभाक् ।
नित्यमभ्यङ्गिके चैव वासितेनैव दूषणम्।
(ज्योतिषसार)
आइतबार तेल लगाउनाले ताप हुन्छ।
सोमबार लगाउनाले शोभा सौन्दर्य हुन्छ।
मङ्गलबार लगाउनाले मृत्यु हुन्छ।
बुधबार लगाउनाले धन प्राप्त हुन्छ ।
बृहस्पतिवार हानि हुन्छ ।
शुक्रबार दुःख हुन्छ ।
शनिबार सुख हुन्छ ।

खराब फल बताइएको बारमा तेल लगाउनै पर्ने भएमा
आईतबार फूल मिसाएर
बृहस्पतिबार दूबो हालेर
मङ्गलबार माटो हालेर
शुक्रबार गोबर हालेर लगाउँदा दोष लाग्दैन।
सधैँ तेल लगाउँदा र सुगन्धित तेल लगाउँदा भने यो दोष छैन ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

तेल लगाउँदा वार अनुसारको फल