हातको औलामा हुने शंखको फल

कति ओटा शंखले कस्तो फल दिन्छ ?
१. हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने, शिक्षामा उन्नती गर्ने राजनीति क्षेत्रमा दखल राख्न सक्ने हुन्छन् ।
२ं हातमा भएको दुई शंखले जिवनमा संर्घष गर्नुपर्ने, समस्या आउने, काममा विफल हुने, धनको अभाव हुने गर्दछ ।
३ं हातमा भएको तिन शंखले अनिष्ठ हुने, वाधा अड्चन आउने हुन्छ भने यस्ता व्यक्ति समाजसेवी हुने, सौखिन स्वभावका हुने र आफ्नो कृति राख्ने हुन्छन् ।
४. चार ओटा शंख भएका व्यक्ति गुणवान, हरेक क्षेत्रमा लाभ पाउने, व्यपारमा सफलता प्राप्त गर्ने, राम्रा नेता बन्ने योग भएका हुन्छन् ।
५. यदि कसैको हातमा ५ ओटा शंख छ भने त्यस्ता व्यक्तिको बढी खर्च हुने, झै झमेलामा पर्ने योग हुन्छ ।
६. छ ओटा शंख भएका व्यक्ति यशवान, सम्मान प्राप्त गर्ने, कुनै पनि बाधा अड्चन नआउने, सुख प्राप्त गर्ने, कृतिवान बन्ने हरेक क्षेत्रमा सर्वश्रेष्ठ बन्ने योग रहेको हुन्छ ।
७. हातमा सात ओटा शंख छ भने यस्ता व्यक्तिलाई आर्थिक अभाव हुने, बाधा-अड्चन आइरहने, सन्तान प्राप्ति पछि मात्र राम्रो हुने योग हुन्छ ।
८. आठ ओटा शंख भएका व्यक्ति धेरै मेहिनेत गर्ने, अरुको भर नपर्ने, आफ्नो काम आफै गर्ने स्वभावका हुन्छन् । यीनीहरुलाई अरुको सहयोग पनि मिल्दैन र यस्ता योग भएका व्यक्ति एकान्तप्रेमी हुन्छन् ।
९. यदि तपाइको हातमा नौ ओटा शंख छ भने तपाई विपरित लिङबाट बढि प्रभावित बन्नुहुन्छ, जिवनको ४० वर्ष सम्म समस्या आइरहने, झमेलामा फसिरहने योग रहेको हुन्छ ।
१०. यदि तपाईको हातमा दश ओटै शंख छ भने मान प्रतिष्ठा पाउने, धन धान्य हुने, सहयोगी, समाजमा प्रतिष्ठावान व्यक्ति हुने योग भएको हुन्छ ।
यदि तपाईको कुण्डलीमा पनि सबै ग्रह मिलेर बसेको छ र तपाईलाई कुनै ग्रहले पिरोलेको छैन भने सफलता पाउन सक्नुहुन्छ ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

हातको औलामा हुने शंखको फल