हातको औलामा हुने चक्रको फल
हरेक मानिसको जन्मजात हात खुट्टामा शंख र चक्र हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले विश्वास गर्छन् त कतिले गदैंनन् । हातमा चक्र भएर मात्र हुदैंन शास्त्रअनुसार मिलेको पनि हुनुपर्दछ ।
चक्र घुमेको हुन्छ यदि चक्र घुमेको भएपनि बिचमा थोप्लो छ भने त्यस्तो चक्रले काम गर्दैन, त्यस्तो चक्र गनिदैन । भगवान श्री कृष्णले पनि चोर औंलामा चक्र धारण गरेका थिए । किनकी यो औलामा भएको चक्रले चतुर, कुसल बनाउन मद्धत गर्छ । ज्योतिष शास्त्र र समुन्द्र शास्त्र अनुसार हाम्रो हातमा हुने शंख र चक्रले यस्तो प्रतिफल दिन्छ ।
१. एउटा चक्र छ र त्यो पनि चोर औलामा छ भने त्यस्तो चक्र भएका व्यक्ति सुन्दर, चतुर, बोलीमा मिठास, कुसल र बाठा खालमा हुन्छन् । बिच बिचमा केही बाधा आएपनि सफलता भने पाउछन् ।
२. दूई ओटा चक्र हुने व्यक्तत अति सुन्दर, गुणवान, सफलता प्राप्ती गर्ने लगनशिल हुन्छन् ।
३ . तिन ओटा चक्र भएका व्यक्ति विलासी जिवन बिताउन खोज्ने, विभिन्न क्षेत्रमा हात हाल्ने व्यापारिक हुने, किन-बेचको काममा सफलता प्राप्त गर्ने, राम्रा जागिर पाउने खालका हुन्छन् ।
४. चार ओटा चक्र भएका व्यक्तिहरु दरिन्द्र स्वभावका हुने, जति भए नि नपुग्ने, अर्काको रिस गर्ने, घमन्डी ,असन्तोकी, समयमा कुनै पनि काम पुरा गर्न नसक्ने खालका हुन्छन् ।
५. पाँच ओटा चक्र भएका व्यक्तिहरु भने ज्ञानी, विद्धान, जे छ त्यसैमा खुसी हुने सन्तोकी, जागिरे हुन्छन् ।
६ हातमा छ ओटा चक्र छ भने त्यस्ता व्यक्ति भावुक, ज्ञानी। लगनशील र धार्मिक हुन्छन्, यीनीहरुलाई व्यापार व्यवसायमा लाभ मिल्छ ।
७. हातमा सात ओटा चक्र छ भने, यस्ता व्यक्तिहरु दरिन्द्र स्वभाव भएका, रोगी तन्त्र मन्त्र जान्ने कर्मलाई विश्वास गर्ने, आफ्नो काम आफै गर्ने खालका हुन्छन् । काममा ढिलासुस्ती हुने, शत्रु ज्यादा हुन्छन् ।
९ यदि हातमा नौ ओटा चक्र छ भने राजा समान हुने, मान-प्रतिष्ठा कमाउने, राष्ट्रसेवक र धार्मिक हुन्छन् ।
१०. हातमा दश हातमै चक्र छ भने यस्ता व्यक्ति सिद्ध महापुरुष राज्य पुजक हुन्छन् ।