२०७८ सालको अढैया तथा साँढेसाती

२०७८ सालको अढैया तथा साँढेसाती सम्बन्धि जानकारि

यसवर्ष शनिग्रह वर्षभरी नै मकरराशिमा रहनाले तुला र मिथुन राशि भएकालाई शनिको अढैया लाग्दछ भने धनुराशिलाई अन्त्य, मकरराशिलाई मध्य र कुम्भराशिलाई आद्य साँढेसाती लाग्नेछ ।

अढैया र साँढेसातिको फल:

जन्मको समयमा शनि असल भएमा वा कुण्डलीमा सकारात्मक अबस्थामा शनि रहेमा त्यस्ता ब्यक्तिहरुको लागि शनि ग्रहले आकस्मिक लाभ, कार्यसिद्धि, मानप्रतिष्ठा-आर्थिकतामा क्रमिक सुधार शारीरिक व्याधिबाट मुक्ति, लक्षित लक्ष्यको प्राप्ति र मान्यजनको सहानुभूति जस्ता शुभ फल प्रदान गर्छ।

शनि विशेषत दुःखदायी ग्रह भएकोले अपब्यय, दु:ख,कार्यमा विलम्वता, मान प्रतिष्ठामा आघात, मानसिक अशान्ति, पदोन्नतिमा अवरोध, पशु चौपायामा हानि-नोक्सानी गराउने हुँदा साँढेसाति वा अढैया शनिको प्रभाब हुने राशिहरूले शनिको जप पुजा-पाठले सुखसन्तोष हुन्छ भन्ने धारणा छ ।

साढेसाती र अढैया दशा हुनेले दैनिक प्रातः कालमा शुद्ध भई शनिको स्तोत्र पाठ गर्नाले शनि ग्रहको सकारात्मक फल मिल्नेछ। साथै हरेक बिहान वा शनिबार बिहान(अनिवार्य) सूर्योदय भन्दा अगाडि पिपलको रुखमा जल चढाई प्रार्थना गर्नाले शनि ग्रह शान्ति हुने धार्मिक विश्वास रहि आएको छ ।

शनिको प्रार्थना गर्ने मन्त्र:

नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोस्तु ते। नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तु ते ॥

नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च ।नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो ॥

नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तु ते । प्रसाद कुरु देवेश दीनस्य प्रणतस्य च ॥

पीपलमा जल चढाउँदा भन्ने मन्त्रः

मूलतो ब्रम्हरूपाय मध्यतो विष्णुरूपिणे ।अग्रत: शिवरूपाय अश्वत्थाय नमोनम: ॥

जल चढाए पश्चात् पीपललाई प्राथना गर्ने मन्त्र:

अश्वत्थयस्मिन्त्वयि वृक्षराज: नारायणतिष्ठति सर्वकाले ।अत: श्रुतस्त्वं सततंतरुणां धन्योऽसि चारिष्ट विनाशकोऽसि ॥

कोणोऽन्तको रौद्रयमोऽथबभ्रु: कृष्ण:शनि: पिंगल मन्दसौरी ।नित्यः मृतो यो हरते च पीडा तस्मै नम: श्रीरविनन्दनाय ॥

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

२०७८ सालको अढैया तथा साँढेसाती