तुला राशि

यस राशिको व्यक्ति अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छ । त्यसैगरी देव, ब्राह्मण र साधुहरूको सेवक, बुद्धिमान्, पवित्र आचरण गर्ने, सत्य आचरण गर्ने, अग्लो कदको, लामो नाकवाला, कमजोर र प्रायः अस्वस्थ शरीरको, यात्राप्रेमी, धनी, अङ्कहीन, क्रय–विक्रयमा कुशल, सामान्यतया […]
वृश्चिक राशि

यस राशिको व्यक्ति प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेलो नेत्र भएको, परस्त्रीमा आसक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छ । त्यसैगरी बाल्यावस्थामा रोगी, राजकुलबाट सम्मानित, माता, पिता, गुरु आदिबाट सम्मान नपाउने, लुकेर दुव्र्यसनमा लाग्ने आदि लक्षणले युक्त हुन सक्छ । […]
धनु राशी

यस राशिको व्यक्ति शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको ह्दयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान्, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छ । त्यसैगरी ठूलो मुख र लामो गर्धनयुक्त, पैतृक सम्पत्ति पाउने, त्यागी, दानी, काव्यादि जान्ने, पराक्रमी, सदैव कर्मशील, प्रतिभाशाली, धार्मिक, आफ्नो बन्धुजनप्रति द्वेष गर्ने, शक्तिप्रदर्शनले नझुक्ने अथवा बल […]
मकर

यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय वचन बोल्ने, गीत, नृत्य, नाटकआदिको जानकार आदि लक्षणको हुन्छ । त्यस्तै विद्वान्, […]
कुम्भ

यस व्यक्तिको स्त्रीहरूसँग कलह हुन सक्छ । त्यसैगरी चोरबाट पनि केही हानी हुन सक्छ । यस राशिको व्यक्तिलाई मेष, कर्कट, वृश्चिक, धनु, मिथुन, कन्या र मीन राशिवाला व्यक्तिसँग सम्बन्ध कायम गर्दा फाइदा हुन्छ भने वृष, तुला, मकर र कुम्भ राशिवाला व्यक्तिसँग शत्रुता हुन्छ । यस राशिलाई आइतबार शुभ र मङ्कलबार अशुभ हुन्छ । यस राशिको […]
मीन राशि

यस राशिको व्यक्ति गम्भीर चेष्टा गर्ने, शक्तिशाली, बोल्नमा चतुर, मानिसहरूमा श्रेष्ठ, क्रोधी, कृपण, ज्ञानसम्पन्न, श्रेष्ठ गुणहरूले युक्त, कुलमा प्रिय, नित्य सेवाभाव राख्ने, शीघ्रगामी, नृत्य–गीतादिमा कुशल, शुभ दर्शनवाला र भाइबन्धुहरूको प्रेमी हुन्छ । त्यसैगरी पानीको प्रयोगबाट गरिने व्यापारादिबाट धन प्राप्त गर्ने, आफ्नोे पारिवारिक प्रयोजनमा प्रयोगहुने वस्त्राभूषणमा विशेष रुचि राख्ने, अग्लो नाक र ठूलो शरीर भएको, शत्रुनाशक, […]