मेष राशि

यस राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्याङ्कन गर्ने, ठूला जङ्खाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभीत हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ । त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, […]

वृष राशि

यस राशि भएको व्यक्ति भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान्, धनवान्, भोगविलासरत, तेजस्वी र असल मित्रवाला हुन्छ । त्यसैगरी सुन्दर, दर्शनीय, विशिष्ट, ठूलो र भरिलो मुखमण्डलयुक्त, ठूलो पीठ, मुख र पेटको किनारामा चिन्ह भएको, त्यागशील, क्लेश सहन सक्ने स्वभावको, समर्थ, उच्चा काँध भएको, कन्या सन्ततिवाला, सौभाग्यशाली, तीव्र भोकको अनुभव गर्ने, स्त्रीहरूको प्यारो, पक्का मित्रता राख्ने, […]

मिथुन राशि

यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय वचन बोल्ने, गीत, नृत्य, नाटकआदिको जानकार आदि लक्षणको हुन्छ । त्यस्तै विद्वान्, […]

कर्कट राशि

यस राशिको व्यक्ति जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान्, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छ । त्यसैगरी ज्योतिष विद्यामा रुचि लिने, ठूलो घरयुक्त, आर्थिक उतार-चढावयुक्त, छोटो कदको, मोटो गर्धनयुक्त, आफ्ना मित्रहरूलाई विशेष प्रेम गर्ने र जल एवम् हराभरा स्थानमा […]

सिंह राशि

यस राशिको व्यक्ति क्षमाशील, काममा समर्थ, मद्य–मांसमा सदैव आसक्त, देशमा भ्रमण गर्ने, असल मित्रवाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छ । त्यसैगरी तीक्ष्ण स्वभावको, असहिष्णु, हतारमा काम गर्ने, ठूलो मुखाकृतियुक्त, कम पुत्रवाला, स्त्रीहरूसँग द्वेष राख्ने, पहाड र वनमा विशेष स्नेह राख्ने, निरर्थक क्रोध गर्ने, भोक प्यास बढी लाग्ने, त्यागी, पराक्रमी, स्थिरबुद्धि, […]

कन्या राशि

यस राशिको व्यक्ति विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, सङ्कीत र नृत्यको धूनमा आसक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छ । त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, बुद्धिमान्, अर्काको धन र घर प्राप्त गर्ने, जन्मस्थानबाट अन्यत्र रहने, प्रियभाषी र कन्यासन्ततिवाला हुन्छ । […]

कन्या राशि