Online Puja Service in Nepal
With the development of technology, the world has become smaller. Today, people connect, communicate, and share emotions online more than ever. Just as technology has made daily life easier, it has also opened new doors for performing religious and spiritual rituals remotely.
Online Puja is a modern, practical solution for those who cannot be physically present for religious ceremonies. While traditional rituals are ideally performed in person according to Vedic scriptures, online puja offers a meaningful and spiritually beneficial alternative when physical presence is not possible.
We have started providing Online Puja Services for individuals who:
Live abroad and lack access to qualified priests and puja materials
Stay in rented homes where rituals are difficult to perform
Do not have a supportive environment for religious activities at home
Have busy schedules and cannot arrange everything for puja
🕉 Our Online Puja Services Include:
✔ Graha Shanti Puja
✔ Dosha Shanti Puja
✔ Manokamana (Wish Fulfillment) Puja
✔ Monthly / Yearly / Daily Puja
✔ Vrata Beginning & Completion Rituals
✔ Birthday Puja
💻 Ways You Can Participate
🔹 Puja performed at our office with your online presence
🔹 Puja at your home with an online Vedic priest
🔹 Puja performed at a temple on your behalf
🔹 Arrangement of expert priests for large Yagya & Anushthan
🔹 Daily mantra chanting and long-term ritual services
We aim to provide these services in a cost-effective, service-oriented, and spiritually fulfilling way, combining tradition with modern technology.
Online पूजा
प्रविधिको विकास सगै संसार नै सानो भएको छ। हामी एक स्थान बाट अर्को स्थानमा जान आउन भेट्न भन्दा इन्टरनेटको पहुँचमा अनलाइन मै भेटघाट कुराकानी सुख दुःख आदान प्रदान गर्ने गरिरहेका छौं। घन्टौं हिँडेर र साधन प्रयोग गरेर जानै पर्छ भन्ने बाध्यात्मक अवस्थाबाट धेरै हद सम्म मुक्त भएका पनि छौं। यो वैकल्पिक प्रविधिको बढी प्रयोग भइरहे जस्तै हामीले र ग्रह-शान्ति पूजा पाठका विषयमा पनि नयाँ प्रयोग गर्दै आइरहेका छौं।
प्रविधिको विकास सगै हाम्रो दैनिकीमा आएको यी र यस्तै सहजता र समयानुकूल उपयुक्त विकल्पको प्रयोगले हामीलाई धार्मिक कार्य सञ्चालन गर्न, प्रतिफल पाउन र धर्म सस्कृतिको जगेर्ना सँगै समयानुकुल प्रयोग गर्नमा पनि बिशेष सहयोग मिलेको आभास भएको छ । व्यस्त दैनिकीबाट लामो समय निकालेर सम्बन्धित ठाउँमा उपस्थित भएर धार्मिक कार्य गर्न सम्भव नभएको खण्डमा केही काम्य कर्महरु भक्ति भाव द्वारा आफू रहेकै स्थानमा गर्नसक्ने विकल्पको प्रयोग हुन थालेका छन्। शत प्रतिशत शास्त्र संवत् विधि विधान पूर्वक आफै उपस्थित भएर पूजा गर्न नसकिए पनि अनलाइन पूजाको माध्यमबाट केही धार्मिक कार्यहरु गरिनु सकारात्मक पक्ष हो र त्यो गर्न सम्भव पनि छ ।समयानुकूल सहज विकल्पको खोजी गरी प्रयोग गरिनु प्रबिधि र सस्कृतिको समयानुकुल संयोजन गर्नु पनि हो ।
हामीले पनि विगत केही समय देखि आफ्नो स्थानमा धार्मिक कार्य गर्न सम्भव नभएका, गर्ने इच्छा हुँदा हुँदै गर्न नसकिएका, कर्मकाण्डी गुरुहरुको उपलब्धता नभएका, पूजा सामग्री उपलब्ध हुन नसकेका व्यक्तिहरुको लागि अनलाइन पूजा गर्न मिल्ने गरी यस कार्यको थालनी गरेका छौं। यस्तो प्रयोगको अपेक्षित सकारात्मक प्रभाव परेको अनुभुति हामी र सेवाग्राही दुवै पक्षलाई भएको छ ।
वास्तवमा तपाईहरु कै सल्लाह र आवश्यकताको आधारमा हामीले यो सेवाको सुरुवात गरेका हौं। यस्तो कार्यले मूलतः निम्न समस्या भएका व्यक्तिहरूको लागि निकै सजिलो हुन्छ भन्नेमा हामी आशावादी र विश्वस्त छौं।
* देश बाहिर रहेर त्यस स्थानमा गुरु र पूजा सामग्रीको अभाव हुने धार्मिक कार्यमा रुचि भएका व्यक्तिहरू।
* घर बाहिर भाडामा बस्नु भएका र आफू बसेको स्थानमा पूजा-आजा गर्न सम्भव नभएका व्यक्तिहरू।
* पारिवारिक सल्लाह नमिलेर घरमा पूजा गर्न अनुकूल वातावरण नपाएका व्यक्तिहरु।
* कार्य व्यस्तताले पूजाको बारेमा सबै तयारी गर्न नभ्याउने व्यक्तिहरू ।
घरमा पूजा लगाईदै हुनुहुन्छ विज्ञ गुरुको खोजीमा हुनुहुन्छ भने विज्ञगुरुको उपलब्धता हुनेछ।
हाम्रो टिम संग संपर्क गरेर कुनै धार्मिक स्थलमा धार्मिक कार्य गर्न सल्लाह र जनशक्ति व्यवस्थापन गर्छौं।
हाम्रो कार्यालयमा आएर पूजा गर्न इच्छुक हुनुहुन्छ भने व्यवस्था मिलाउने छौं।
आफू रहेकै स्थानमा पूजा गर्दै हुनुहुन्छ नजिक गुरु भेटिनु हुन्न भने अनलाइनमा गुरुको उपलब्धता हुनेछ ।
हामी हाम्रो स्थानमा तपाईंसंग सम्बन्धित पूजा गराउँछौ, तपाईं अनलाइनमा आएर प्रतक्ष हेरेर लाभ लिन सक्नुहुन्छ।
तपाईंको लामो समय सम्म निरन्तर पूजा पाठ गर्नु पर्ने छ, ग्रहको दैनिक जप पाठ गराउनु पर्ने छ भने हामी ती कार्यसंग सम्बन्धित विज्ञ जनशक्ति व्यवस्थापन र कार्य सम्पन्न गराउन सहयोग गर्नेछौं।
तपाईंको बासस्थानमै पूजा गर्दै हुनुहुन्छ भने बैदिक गुरुहरु उपलब्ध गराई बिधिपुर्वक कार्य सम्पन्न गराउने छौं।
बिभिन्न किसिमका पुजाहरु
हाम्रो कार्यालयमा तपाईंको उपस्थितिमा हुने पूजा
– ग्रह शान्तिको लागि गरिने पूजा
– विभिन्न दोष शान्तिको लागि गरिने
– मनोकामना पूर्तिको लागि गरिने पूजा
– कुनै कामना रहित बार्षिक मासिक वा नित्य रुपमा गरिने पूजा
– कुनै व्रतको प्रारम्भ र समाप्तिमा गरिने पूजा
– जन्मदिनको पूजा
# तपाईंको अनलाइन उपस्थितिमा हाम्रो कार्यालयमा पूजा
# तपाईंको आफ्नै स्थानमा रहेर अनलाइनमा गुरुको उपस्थितिमा हुने पूजा
# कुनै धार्मिक स्थलमा तपाईंको उपस्थिति वा उपस्थित हुन नसकेको अबस्थामा प्रतिनिधि द्वारा गराइने पूजा
# ठुला यज्ञअनुष्ठानको लागि बिज्ञ गुरु र ब्यबस्थापनको लागि सहयोग गर्छौ।
# दैविक तथा पैत्रिक कार्यहरुको लागि आबश्यक सबै सेवाहरु प्रदान गर्छौ।
# आकस्मिक आइपर्ने सबै प्रकारका पूजाहरु सञ्चालन गर्न सहयोग गर्छौ।
यसलाई हामीले व्यवसायिक भन्दा पनि कम खर्चमा प्रभाबकारी र सेवा मुलक हिसाबमा तपाईहरु समक्ष निरन्तर सेवा प्रदान गरिरहेका छौं। यस कार्यलाई समयानुकूल सहज,आत्मसन्तुष्टीप्रद र अनुकरणिय कसरी बनाउन सकिन्छ भन्ने विषयमा तपाईं प्रयोग कर्ताहरुसंग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढ्ने छौं ।