वास्तु परामर्श सेवा

वास्तु जिज्ञाशा अन्तर्गत आफुलाई लागेका वास्तु शास्त्र सम्बन्धि प्रश्नहरु राख्न सक्नुहुन्छ । आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र ब्यबस्थापनको निमित्त आबश्यक परामर्श दिन्छौ । घर पसल निर्माणका बिभिन्न चरण र निर्माण पश्चात आबश्यक पर्ने पुर्ण वास्तु परामर्श प्रदान गर्नेछौ ।

भूमी चयन – बिषय अनुसारको मिल्दो भूमीको चयन गरि आफुलाई फाइदा हुने भूमीमा संरचना बनाउन सहायता गर्ने ।
माटो हेर्ने – भुमि चयन पश्चात माटोको रंग,स्वरुप,गन्ध, उष्णता, उर्वरता, स्थिरता आदिको निर्णय गर्ने ।
भुमि दोष शान्ति बिधि – भुमिमा देखिएका समस्याहरुको बिभिन्न विधिको प्रयोगबाट समाधान गर्न सकिने दोषहरुको पहिचान र निराकरण ।
मुहुर्त – काम प्रारम्भ देखि जग राख्ने, ढलान गर्ने, द्वार राख्ने, छाउने,प्रबेश गर्ने जस्ता मुहुर्तको निर्णय गर्ने ।
नक्शा – वास्तुदोष रहित ऊत्तम बासस्थानको निर्माण गर्न वास्तु सम्बत नक्शा निर्माणमा परामर्श दिने ।
वास्तु शान्ति – निर्माणक्रममा मिलाउन नसकिएका वास्तु सम्बन्धि दोषको बैदिक र आधुनिक बिधिबाट दोष शान्ति गर्ने ।
ब्यबसायिक स्थानको वास्तु बिचार – पसल, कारखाना, उद्योग, ठूला व्यवसायिक महलहरु,सरकारी तथा व्यक्तिगत ठूला संरचनाहरुको वास्तु सम्बन्धि परामर्श सेवा दिनेछौ ।

भूमि चयनका चरणहरु
– काकिणी पद्दतिबाट
– माटोको प्रकार
– आकार
– बनावट
– मोहोडा
माटो हेर्ने
– प्रश्न लग्न
– जन्म लग्न कुण्डली
– विशिष्ट भूमि परिक्षण विधि (फिल्ड भिजिट गरेर गरिने प्रयोगात्मक बिधि
भुमि दोष शान्ति बिधि
– बैदिक बिधि
– आधुनिक बिधि
मुहुर्त
– भूमि पूजन मुहूर्त
– शिलान्यास मुहूर्त
– द्वार स्थापन आदि मुहूर्त
– गृह प्रवेश मुहूर्त
– वास्तु पूजन मुहूर्त
नक्शा
– वास्तु दोष रहित आर्केटेक नक्शा
– नक्शा सम्बन्धित सम्पुर्ण परामर्श
– घरको आन्तरिक र बाह्य वास्तु परामर्श
वास्तु शान्ति
– बैदिक र आधुनिक दुबै बिधिद्वारा
– गृहवास्तु शान्ति पुजन
– बैकल्पिक साधनको प्रयोग द्वारा वास्तु दोष निवारण
(क्रिष्टल,ऐना, रुद्राक्ष, नुन, तामाको धातु, कछुवा, स्फटिक, सुपारि आदिको प्रयोग)
ब्यबसायिक स्थानको वास्तु बिचार
– पसल
– होटल
– स्कुल
– बैक
– अस्पताल
– कल-कारखाना
– प्रशासनिक भवन
– मन्दिर / गुम्बाको वास्तु
वास्तु सेवा लिनको लागि सम्भब हुने कार्यहरु अनलाइन मार्फत नै सोधपुछ गर्न र जान्न बुझ्न सकिन्छ भने प्रतक्ष उपस्थित हुन पर्ने अबस्थाको लागि यसै अनलाइन मार्फत अग्रिम समय निर्धारण गरि वास्तुशास्त्रीको उपस्थित(फिल्ड भीजिट) गराई लाभ लिन सक्नुहुन्छ।

 

यसको लागि तलको फर्म भर्नुहोला

 

मुख्य पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा
नेपाली शिरको गौरव: ढाकाटोपी
गोत्र थर र प्रवर
Sun In The First House: Positive And Negative Effects.

Other Services

ashtakoot-guna-milan-chart-nepali.jpg

चिना कुण्डली निर्माण

जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

वास्तु परामर्श सेवा