ग्रहशान्ति पूजा

बिभिन्न किसिमका पूजाहरु
हाम्रो कार्यालयमा रहेको पूजा स्थानमा तपाईंको उपस्थितिमा हुने पूजा ।
– ग्रह शान्तिको लागि गरिने पूजा
– विभिन्न दोष शान्तिको लागि गरिने
– मनोकामना पूर्तिको लागि गरिने पूजा
– कुनै कामना रहित बार्षिक मासिक वा नित्य रुपमा गरिने पूजा
– कुनै व्रतको प्रारम्भ र समाप्तिमा गरिने पूजा
– जन्मदिनको पूजा

# तपाईंको अनलाइन उपस्थितिमा हाम्रो कार्यालयमा पूजा
# तपाईंको आफ्नै स्थानमा रहेर अनलाइनमा गुरुको उपस्थितिमा हुने पूजा
# कुनै धार्मिक स्थलमा तपाईंको उपस्थिति वा उपस्थित हुन नसकेको अबस्थामा प्रतिनिधि द्वारा गराइने पूजा
# ठुला यज्ञअनुष्ठानको लागि बिज्ञ गुरु र ब्यबस्थापनको लागि सहयोग गर्छौ।
# दैविक तथा पैत्रिक कार्यहरुको लागि आबश्यक सबै सेवाहरु प्रदान गर्छौ।
# आकस्मिक आइपर्ने सबै प्रकारका पूजाहरु सञ्चालन गर्न सहयोग गर्छौ।

यसलाई हामीले व्यवसायिक भन्दा पनि कम खर्चमा प्रभाबकारी र सेवा मुलक हिसाबमा तपाईहरु समक्ष निरन्तर सेवा प्रदान गरिरहेका छौं। यस कार्यलाई समयानुकूल सहज,आत्मसन्तुष्टीप्रद र अनुकरणिय कसरी बनाउन सकिन्छ भन्ने विषयमा तपाईं प्रयोग कर्ताहरुसंग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढ्ने छौं ।

मुख्य पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा
नेपाली शिरको गौरव: ढाकाटोपी
गोत्र थर र प्रवर
Sun In The First House: Positive And Negative Effects.

थप सेवाहरु

ashtakoot-guna-milan-chart-nepali.jpg

चिना कुण्डली निर्माण

जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

ग्रहशान्ति पूजा