Daily Rashifal

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। साथीभाइसँग असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। आयस्रोत सबल भए पनि प्रतिफल अरूका हातमा पर्न सक्छ। आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। फजुल खर्च बढ्ने र लेनदेनमा नोक्सान पर्ने समय छ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

फुर्सद तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। राेकिएकाे काम बन्नाले नयाँ काम थालनी गर्न सकिनेछ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

Weekly Rashifal

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साताकाे प्रारम्भ उत्साहवर्द्धक रहनेछ। लगनशीलता र आत्मविश्वासले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो भेट र खानपानको आनन्द प्राप्त हुनेछ। साेमवारदेखि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बोलीको प्रभावले काम बन्नेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। पहिलेको कर्मफल हातलागी हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। टाढाका साथीभाइ नजिकिनेछन्। विदेश ताक्नेहरूलाई यात्राकाे साइत पनि जुर्न सक्छ। सोमवारदेखि भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ। मनपर्ने वस्तु, उपहार हातलागी हुनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। व्यापार बढ्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउनेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रारम्भमा सञ्चित कर्मको प्रतिफल प्राप्त हुने समय छ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर साेमवारदेखि धन बाहिरिनाले काममा समस्या पर्न सक्छ। आवश्यकता पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। बुधवारपछि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। घरखर्च बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिकूल स्वास्थ्यका बाबजुद आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। व्यापारमा फाइदा हुनेछ।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयस्राेत सबल बन्नाले नयाँ काम गर्न अग्रसर भइनेछ। व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। बुधवारदेखि लाभांशकाे केही प्रतिशत भने अरूका लागि खर्चनुपर्ला। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिनेछन्। खर्च लागे पनि दिगाे काममा लगानी गर्ने समय छ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। सप्ताहान्तमा रमाइलाे भेटघाट हुनेछ। असन्तुलित खानपानले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ, सजग रहनुहाेला।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। साेमवार र मंगलवार अप्ठ्यारा कामको बोझ थपिन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले काम बिगार्न सक्छन्, सावधान रहनुहोला। बिहीवारदेखि व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ, आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। केही खर्च लागे पनि सप्ताहान्तमा यात्राकाे साइत जुर्न सक्छ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रारम्भ केही खर्चिलो रहनेछ। स्वास्थ्य पनि कमजोर रहनेछ। काम बिग्रने डरले सताउन सक्छ, शुभचिन्तकहरूकाे सहयाेग जुटाउनुहाेला। साेमवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले पनि उत्साह जगाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। सप्ताहान्तमा आयस्राेत सबल बन्नेछ। व्यापारमा पनि फाइदा हुनेछ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। केही विवाद भए पनि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। तापनि मिहिनेतले स्थितिमा सुधार आउनेछ। बुधवार र बिहीवार भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले राेकिएकाे काम पनि सम्पादन हुनेछ। तारिफयाेग्य काम गर्दै सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। तापनि मिहिनेतले अवसर दिलाउनेछ र प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। श्रम परे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बुधवार र बिहीवार भने परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। तापनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र थालेकाे काम सम्पन्न हुनेछ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा केही संघर्ष गर्नुपरे पनि साता उपलब्धिमूलक रहनेछ। स्वास्थ्य कमजाेर हुनाले काम राेकिन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ र सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि व्यापार र उद्योगमा लाभ उठाउन सकिनेछ हुनेछ। मन मिल्ने साथी भेटिनेछन्। पेसा–व्यवसायमा पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा भने स्वास्थ्य कमजाेर हुनेछ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा घरेलु समस्या तथा वादविवाद सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। अभिभावक र शुभचिन्तकहरूको सहयाेग जुटाउने प्रयास गर्नुहाेला। सोमवारदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र मेहनतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। आँट र प्रतिभाले अरूलाई उछिन्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। रमाइलो भेटघाट हुनेछ। यात्राकाे अवसर पनि जुट्नेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। साेमवार र मंगलवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। घरेलु समस्पा सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। बुधवारदेखि पेसा–व्यवसायमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। नयाँ काम शुभारम्भ गर्न सकिनेछ। पुरुषार्थद्वारा दाम समाउने अवसर छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी समेत बढ्नेछ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुरुमा तर्कशक्ति बढ्नेछ भने अध्ययनमा पनि प्रगति हुनेछ। बोलीको प्रभावले नाम, दाम र इनाम दिलाउनेछ। सोमवारदेखि केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। अग्रज र सहयाेगीहरूकाे साथ–सहयाेग जुटाउने प्रयास गर्नुहाेला। पहिलेकाे समस्या बढ्नाले अलमल हुनेछ। परिस्थितिवश संघर्षकाे मार्ग राेज्नुपरे पनि पछिल्लाे समयमा स्थिति अनुकूल बन्नेछ। प्रयत्न गर्दा राेकिएकाे काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला, सप्ताहान्तमा व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। धनलाभ हुनेछ।

Monthly Rashifal

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिलाई परिस्थिति अनुकूल नहुनाले मंसिर महिना केही संघर्षमय रहनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखापर्ने सम्भावना छ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। नियमित व्यापारले सामान्य लाभ भने भइरहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा लक्ष्य प्राप्त गर्न सकिनेछ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वृष राशिलाई मंसिर महिना केही उतारचढावमय रहनेछ। कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। व्यावसायिक यात्रा र भेटघाटका अवसर भने आइरहनेछन्। आम्दानी राम्रै भए पनि खर्च बढ्नाले धन सञ्चय नहुन सक्छ। समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिथुन राशिलाई मंसिर महिना विशेष उपलब्धिमूलक रहनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आँटेको काम बन्नेछ। आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ व्यवसाय प्रारम्भ हुनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशिलाई मिहिनेत गर्दा मंसिर महिना उपलब्धिमूलक हुनेछ। तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिएला। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको मूल्य प्राप्त हुनेछ। पशुपालनबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। कामबाट नियमित आयआर्जन हुनेछ। विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशिलाई मंसिर महिना केही संघर्षमय रहने देखिन्छ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारी तथा सगोलको व्यवहारमा पनि केही विवाद आउने हुँदा घरायसी माहोल बिग्रने सम्भावना छ। घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। नोकरीमा समेत अरूको दबाब झेल्नुपर्ला। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। यो महिनामा केही काम रोकिए पनि हिम्मतले पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशिलाई मंसिर महिना निकै उत्साहवद्र्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। घर–परिवारमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले समयमा सावधान रहनुहोला।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तुला राशिलाई मंसिर महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। व्यवहारमा भने केही विवादास्पद जिम्मेवारी आउनेछन्। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। मिहिनेतले काम बन्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले भने वादविवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउने समय छ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशिलाई मंसिर महिनामा उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। अरूको सुझावविपरीत आफ्नो निर्णय लागू गर्दा समस्यामा परिनेछ। अहंकार मिश्रित बोली–व्यवहारले सहयोगीहरू टाढिनेछन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। मिहिनेतको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुख्ने र चाँडो रिस उठ्ने समस्या देखापर्ने छन्, सजग रहनुहोला।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धनु राशिलाई मंसिर महिना केही संघर्षमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सामान्य किनमेलमा सञ्चित रकम खर्च हुनेछ। सरसापटमा गएको नगद, उठ्नुपर्ने रकम र लगानी अड्किनाले व्यवहारमा समस्या पर्न सक्छ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। र आशा देखाउनेहरूले झुक्याउनेछन्। भौतिक साधनमा क्षति हुनेछ। यात्रा कष्टपूर्ण हुनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले वादविवाद निम्त्याउन सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। सबैसँग नम्र व्यवहार गर्दै पहिलेका उपलब्धि जोगाउने प्रयास गर्नुहोला। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मकर राशिलाई मंसिर महिना फलदायी रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। आवश्यक उपकरण, सवारीलगायत भौतिक साधन जुटाउने समय छ। कृषि तथा पशुपालनबाट पनि मनग्य लाभ मिल्नेछ। गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

कुम्भ राशिलाई मंसिर महिनामा विशेष अवसर प्राप्त हुनेछन्। विशेष भेटघाट हुनेछ, स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। देशविदेशको यात्रा पनि हुन सक्छ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन राशिलाई मंसिर महिना सामान्य फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। सुरुमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। स्वास्थ्य समस्याले काम रोकिन सक्छ सक्छ। तापनि व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी भइरहनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। पूर्वार्धमा संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।

Yearly Rashifal

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिलाई केही चुनौतीसँग जुध्नुपरे पनि आर्थिक पक्षमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षको पूर्वार्धमा शीर्षभावमा बृहस्पति र राहुको संयुक्त उपस्थितिले व्यवहारमा विद्रोही स्वभाव र मनमा कर्तव्यभाव उत्पन्न हुने संयोग बन्नेछ। बृहस्पतिले धैर्य एवं प्रतिबद्ध रहने गुण प्रदान गर्ने हुँदा अप्ठ्यारा परिस्थितिलाई पार लगाउँदै लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले नयाँ पेसा–व्यवसाय जुराउनेछ। सन्तान, सहयोगी र शुभचिन्तकका माध्यमबाट अभीष्टसिद्धि हुनेछ। राहुको प्रभावले अरूको दबाबमा काम गर्नुपर्ने, आफन्तबीच वादविवाद भइरहने, प्रतिशोधको भावना जाग्ने, मनमा डर, चिन्ता र अशान्ति जस्ता समस्या आइरहने छन्। आफ्ना कमजोरीहरू सतहमा आउनाले प्रतिष्ठामा समेत दाग लाग्न सक्छ। दाम्पत्यभावमा केतुको प्रभावले घर–गृहस्थी अशान्त बन्ने सम्भावना छ। गलत चिन्तन र स्वार्थभावले प्रेमसम्बन्धमा विकृति आउन सक्छ। जीवनसाथीको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्नेछ।उत्तरार्धमा राहु खर्चको कारक बन्ने देखिन्छ। केतुको प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। वर्षभरि आयभावमा रहने शनिको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। कृषि, पेसा–व्यवसाय, उद्योग, ठेक्कापट्टा, सेयर आदिमा प्रशस्त लाभ हुनेछ। रोजगारीका निम्ति विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा–आराधना गर्दा राहु र केतुजन्य दोषमा कमी आई फाइदा हुनेछ। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

Rashifal Test Page