कर्कट राशी

नामाक्षर (ही हू हे हो डा डी डू डे डो) – यस राशिको व्यक्ति जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान्, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छ । त्यसैगरी ज्योतिष विद्यामा रुचि लिने, ठूलो घरयुक्त, आर्थिक उतार-चढावयुक्त, छोटो कदको, मोटो […]
धनु राशी

नामाक्षर (ये यो भा भी भू ध फा ढा भे) यस राशिको व्यक्ति शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको ह्दयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान्, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छ । त्यसैगरी ठूलो मुख र लामो गर्धनयुक्त, पैतृक सम्पत्ति पाउने, त्यागी, दानी, काव्यादि जान्ने, पराक्रमी, सदैव कर्मशील, […]
वृश्चिक राशी

नामाक्षर (तो ना नी नू ने नो या यी यु) यस राशिको व्यक्ति प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेलो नेत्र भएको, परस्त्रीमा आसक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छ । त्यसैगरी बाल्यावस्थामा रोगी, राजकुलबाट सम्मानित, माता, पिता, गुरु आदिबाट सम्मान […]
तुला राशी

नामाक्षर (रा री रू रे रो ता ती तू ते) यस राशिको व्यक्ति अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छ । त्यसैगरी देव, ब्राह्मण र साधुहरूको सेवक, बुद्धिमान्, पवित्र आचरण गर्ने, सत्य आचरण गर्ने, अग्लो कदको, लामो नाकवाला, कमजोर […]
कन्या राशी

नामाक्षर (टो प पी पू ष ण ठ पे पो) यस राशिको व्यक्ति विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, सङ्कीत र नृत्यको धूनमा आसक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छ । त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, बुद्धिमान्, अर्काको धन र घर […]
सिंह राशी

सिंह राशि नामाक्षर (मा मी मू मे मो टा टी टू टे) यस राशिको व्यक्ति क्षमाशील, काममा समर्थ, मद्य–मांसमा सदैव आसक्त, देशमा भ्रमण गर्ने, असल मित्रवाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छ । त्यसैगरी तीक्ष्ण स्वभावको, असहिष्णु, हतारमा काम गर्ने, ठूलो मुखाकृतियुक्त, कम पुत्रवाला, स्त्रीहरूसँग द्वेष राख्ने, पहाड र वनमा विशेष […]
मिथुन राशी

मिथुन राशी नामाक्षर (का की कू घ ङ छ के को ह) यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय […]
वृष राशी

वृष राशि नाामाक्षर (इ ऊ ए ओ वा वी वू वे वो) यस राशि भएको व्यक्ति भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान्, धनवान्, भोगविलासरत, तेजस्वी र असल मित्रवाला हुन्छ । त्यसैगरी सुन्दर, दर्शनीय, विशिष्ट, ठूलो र भरिलो मुखमण्डलयुक्त, ठूलो पीठ, मुख र पेटको किनारामा चिन्ह भएको, त्यागशील, क्लेश सहन सक्ने स्वभावको, समर्थ, उच्चा काँध भएको, […]
मकर राशी

मकर राशि नामाक्षर (भो जा जी खी खू खे खो गा गी) यस राशिको व्यक्ति आफ्नोे कुलमा कमजोर, स्त्रीहरूमा वशीभूत, विद्वान्, परनिन्दक, सङ्कीतज्ञ, सुन्दर स्त्रीहरूको प्रियपात्र, पुत्रयुक्त, माताको प्रिय, धनी, त्यागी, दयालु, भाइहरूले युक्त र सुखका लागि चिन्तनरत हुन्छ । त्यसैगरी परिवारपालक, मनले अधार्मिक भएपनि धार्मिक कृत्य गर्ने, सुन्दर आँखावाला, पातलो कम्मरयुक्त, भनेका कुराहरू राम्ररी […]
कुम्भ राशी

नामाक्षर (गू गे गो सा सी सू से सो द) यस राशिको व्यक्ति दानी, अल्छी, कृतज्ञ, धनी, वाहन एवम् अन्य भौतिक साधनले सम्पन्न, शुभ दृष्टि वा सधैं कोमल स्वभावको, धन र विद्याका लागि प्रयत्नशील, पुत्रयुक्त, स्नेहयुक्त, यशस्वी, आफ्नै शक्तिले धनको उपयोग गर्ने, उदार र निर्भीक हुन्छ । त्यसैगरी कडा र मोटा रौँहरूले युक्त, ठूलो शरीरको, […]