हाम्रो बारे
हाम्रो अनलाइन सेवा मार्फत चिना (कुण्डली), वास्तु र बिभिन्न धार्मिक तथा आध्यात्मिक कार्यहरुको बारेमा परामर्श लिन सक्नुहुन्छ। तपाईं आफ्नो बारेमा जान्न चिना देखाउन चाहनुहुन्छ, अथवा ज्योतिषाचार्य वा धर्मशास्त्रीहरु सँग कुनै बिषयमा परामर्श लिन चाहनुहुन्छ भने तपाईंले तल दिइएको निर्देशन अनुसार शुल्क तिरेर बिषयविग्य सँग परामर्श लिन सक्नुहुन्छ।
अनलाइन ज्योतिष सेवा समय ३० मिनेटको हुनेछ ।
• शुल्क तिरेको रसिदको फोटो वा रिसिभ प्राप्त भए पश्चात सेवा प्रदान गरिनेछ ।
• इ-सेवा , खल्ती , आइ.एम.इ, बैक वा मोवाइल रिचार्ज बाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
• ग्रह दोष , पारिवारिक सम्बन्ध , बैवाहिक सम्बन्ध , रोजगारी , ब्यापार वास्तु र आध्यात्म आदि बिभिन्न बिषयको बारेमा आफ्ना जिज्ञासा राख्न सक्नुहुनेछ ।
• चिना कुण्डलीको बिश्लेषण गरि समस्याको निवारण र उचित मार्गदर्शन लिन सकिन्छ ।
• रत्न, रुद्राक्ष र जडिबुटि धारण सम्बन्धि परामर्श प्रदान गरिनेछ ।
तपाईं देश बाहिर हुनुहुन्छ वा नेपालमै भएर पनि नजिक पूजा आजाको बारेमा जान्नु भएका गुरुहरु हुनुहुन्न भने यो माध्यम वाट वैकल्पिक रुपमा पूजा गर्न सक्नुहुन्छ। तपाईंको आफ्नो स्थानमा यथोचित सामग्रीको उपलब्धतामा हाम्रा विज्ञ गुरुहरुले अनलाइन माध्यमबाट विधि बताउनु हुनेछ र मन्त्रोच्चारण गर्नुहुनेछ । यसरी वैकल्पिक रुपमा कार्य सम्पन्न गराउन सकिन्छ। विदेशमा नामाकरण, पास्नी, जन्मोत्सव, चूडा, तीज, पञ्चमी आदि पूजाको लागि यो माध्यम निकै उपयोगी हुनेछ ।
पूजा सामग्री र गुरु दुवैको उपलब्धता छैन भने यो विधि उपयुक्त हुन्छ। तपाईका कोही प्रतिनिधि उपस्थित भएर वा तपाईं आफै अनलाइन भिडियो कुराकानीमा प्रतक्ष उपस्थिति जनाएर पनि पूजाको प्रक्रिया पूरा गर्न सकिन्छ। देश बाहिर रहेका नेपाली हिन्दू धर्मका अनुयायीहरुको लागि यो निकै सजिलो र प्रभावकारी माध्यम हो । अशुभ ग्रहको दशा शान्ति र कुनै विशेष काम गर्नु भन्दा पहिले गरिने स्वस्ती शान्ति कार्यको लागि यो माध्यम निकै फलदायी भइरहेको छ ।
तपाईं जहाँ भएपनि अनलाइन मार्फत चिना कुण्डली बनाउन चाहनुहुन्छ भने तल दिइएको निर्देशन अनुसार हामीलाई आफ्ना जानकारिहरु पठाउनुहोस् । हामी इमेल , कुरियर वा अन्य जुन कुनै माध्यमबाट संसारभर तयारि चिना उपलब्ध गराउने छौं।
आबश्यक जानकारिहरु
- जन्म मिति (Date of Birth) ;- विसं/ईसं (साल महिना गते )
- जन्म समय ( Birth Time) ;- जन्म स्थानको स्थानिय समय (am / pm )
- जन्म स्थान ( Birth Place) ;- अक्षांश देशान्तर र GMT सहित भए उपयुक्त
- स्थायी ठेगाना (Permanent Address ) ;- चिनामा उल्लेख गरिने ठेगाना
- अस्थायी ठेगाना (Temporary Address) ;- हालको बसाई
- गोत्र (Gotra) ;- थाहा नभएमा अनिबार्य छैन
- बुबा आमाको नाम (Father’s mother’s name) आबश्यक
तपाई जहाँ भएपनि तपाईको समस्याको सामाधान ज्योतिष शास्त्र द्वारा गराउन चाहनुहुन्छ भने आजै समय बुक गर्नुहोस
सेवा दिने हाम्रो प्रतिवद्धता नै हाम्रो लोकप्रीयताको मुख्य तत्व हामीले ठानेका छौं। तपाइहरूकाे भावना बमोजिमको सेवाले हामीलाई धेरैजनाले माया गर्नुभएको छ। २००० भन्दा धेरै नियमित फलोअपमा हुनुहुन्छ भने थुप्रै सन्तुस्ट सेवाग्राहिको राम्रो टिप्पणी पाएका छौं। यो नै हाम्रो हौसला हो। हामीले सेवाग्राहीलाई अनलाइन सेवा दिए संगै उहाहरुको प्रश्न र थप नियमित छुटेका प्रश्नको उत्तर सहितको पिडिएफ फाइल इमेल मार्फत उपलब्ध गराउछौं ।