मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा लगनशीलताले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् र कर्मयोगले फाइदा दिलाउनेछ। मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ, जोश–जाँगर बढ्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको अन्त्यमा मौसमी गडबडीले स्वास्थ्य कमजोर रहनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले भविष्यका लागि कर्मसञ्चय गर्न सकिनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा आफन्तकाे जिम्मेवारी वहन गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। पहिलेको स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। उत्तरार्द्धमा फजुल खर्च भने बढ्न सक्छ। तापनि मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। सप्ताहान्तमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भ उत्साहवर्द्धक देखिए पनि बीचमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। अध्ययनमा केही व्यवधान हुन सक्छ। पारिवारिक असमझदारीले केही उतारचढाव समेत आउनेछन्। बुधवारदेखि स्थितिमा सुधार आउनाले अध्ययनमा प्रगति हुनेछ। पहिलेका व्यवधान स्वतः हट्नेछन्। पछिका लागि विशेष काममा जग बसाउने मौका प्राप्त हुनेछ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन्। यात्रामा फजुल खर्च बढ्नेछ भने अर्थअभावले सताउनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताकाे पूर्वार्ध निकै उत्साहवर्द्धक रहनेछ। प्रयत्न गर्दा बोलीको माध्यमले काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। आँटले काम सम्पादन गर्न सकिनेछ। छाेटाे समयमा विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। उत्तरार्धमा केही उतारचढाव आउन सक्छन्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिन सकिनेछ। अध्ययनले उचाइमा पुर्याउनेछ। स्वास्थ्यका लागि अलि सजग रहनुपर्ला।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक भेटघाटले माहोल रमाइलो रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पहिरनको सोखले खर्च बढाउन सक्छ। सोमवार र मंगलवार केही प्रतिकूल रहनेछन्। अरूको भनाइमा लाग्दा व्यर्थैमा विवादित भइएला। सञ्चित रकम खर्चनुपरे पनि पछिल्ला दिनहरू संघर्षपूर्ण बन्ने हुँदा साताको पूर्वार्द्धमै उपलब्धि प्राप्त हुनेछ। उत्तर्द्धमा सुखदुःखमा साथ दिनेहरू कमै फेला पर्नेछन्। तापनि शुभचिन्तकहरूले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छन्। विगतका कमजोरी बाहिरिनाले सप्ताहान्तमा आत्मबल कमजोर हुनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा कामका लागि केही दौडधुप र खर्च गर्नुपरे पनि मिहिनेतले चिताएको काम सम्पादन हुनेछ। चुनौती पन्छाउँदै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। रमाइलो भेटघाट हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। तर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा केही दु:ख पनि पाइनेछ। आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सहयोगीहरूले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छन्। अग्रजहरूको साथले उपलब्धि प्राप्त हुनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा आम्दानीले उत्साह जगाउनेछ। विशेष अवसर जुट्नाले दिगो फाइदा हुने काम गर्न सकिनेछ। तर, लगत्तै आकस्मिक खर्चको समय पनि आउनेछ। सोम, मंगल र बुधवार अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार हुनेछ। उत्तर्द्धमा केही सुधार आउनाले प्रतिष्ठित कामको अवसर पनि जुट्नेछ। रमाइलो पारिवारिक जमघटमा सहभागी भइनेछ। खानपानको असावधानीले स्वास्थ्य भने केही कमजोर रहनेछ। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा व्यावहारिक चुनौतीले केही समस्या आउन सक्छ। तापनि काम बन्नाले उत्साहित भइनेछ। साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग काम गर्ने अवसर प्राप्त हुनेछ। आफन्तसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। बुधवारपछि खर्चिलो काम गर्नुपर्दा ऋण–कर्जा बढ्न सक्छ। होसियारीसाथ काम गर्दा दिगो फाइदा हुनेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा रमाइलो भेटघाट गर्दैमा समय बित्नेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। बुधवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्न सक्छ। परिस्थिति अनुकूल नहुनाले चुनौती सामना गर्नुपर्ला। फजुल खर्च बढ्नाले मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा पनि बाधा पुग्नेछ। तर सोमवारदेखि नै स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनेछ। कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने समय छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँगको भेटघाटले प्रारम्भ रमाइलो देखिए पनि यो साता केही उतारचढावमय रहनेछ। सोमवार र मंगलवार भने अस्वस्थताले सताउन सक्छ। परिस्थितिले खर्च बढाउनेछ भने अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवादास्पद कामको बोझ थपिनेछ। मिहिनेत परे पनि काम बन्न समय लाग्नेछ। सप्ताहान्तमा भने स्थितिमा सुधार आउनेछ। भाग्यले साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। थालेको काम बन्नाले आयस्रोत पनि सबल बन्नेछ। अप्ठ्यारो परिस्थिति सुल्झनेछ र उपलब्धि प्राप्त गर्न पनि सफल भइनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा ईर्ष्या गर्नेहरूले अलि सताउन सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। साेमवार र मंगलवार भने विशेष लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ, जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। बुधवारदेखि कामको बोझ बढ्नेछ भने स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउन सक्छ। परिस्थिति जटिल बन्नाले खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ।