Search
Close this search box.

बार्षिक राशीफल

ज्यो. वासुदेव अधिकारी

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिलाई केही चुनौतीसँग जुध्नुपरे पनि आर्थिक पक्षमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षको पूर्वार्धमा शीर्षभावमा बृहस्पति र राहुको संयुक्त उपस्थितिले व्यवहारमा विद्रोही स्वभाव र मनमा कर्तव्यभाव उत्पन्न हुने संयोग बन्नेछ। बृहस्पतिले धैर्य एवं प्रतिबद्ध रहने गुण प्रदान गर्ने हुँदा अप्ठ्यारा परिस्थितिलाई पार लगाउँदै लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले नयाँ पेसा–व्यवसाय जुराउनेछ। सन्तान, सहयोगी र शुभचिन्तकका माध्यमबाट अभीष्टसिद्धि हुनेछ। राहुको प्रभावले अरूको दबाबमा काम गर्नुपर्ने, आफन्तबीच वादविवाद भइरहने, प्रतिशोधको भावना जाग्ने, मनमा डर, चिन्ता र अशान्ति जस्ता समस्या आइरहने छन्। आफ्ना कमजोरीहरू सतहमा आउनाले प्रतिष्ठामा समेत दाग लाग्न सक्छ। दाम्पत्यभावमा केतुको प्रभावले घर–गृहस्थी अशान्त बन्ने सम्भावना छ। गलत चिन्तन र स्वार्थभावले प्रेमसम्बन्धमा विकृति आउन सक्छ। जीवनसाथीको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्नेछ।उत्तरार्धमा राहु खर्चको कारक बन्ने देखिन्छ। केतुको प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। वर्षभरि आयभावमा रहने शनिको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। कृषि, पेसा–व्यवसाय, उद्योग, ठेक्कापट्टा, सेयर आदिमा प्रशस्त लाभ हुनेछ। रोजगारीका निम्ति विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा–आराधना गर्दा राहु र केतुजन्य दोषमा कमी आई फाइदा हुनेछ। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बार्षिक राशीफल