वास्तु टिप्सहरु

घर बनाउँदा जान्नै पर्ने वास्तु टिप्सहरु

पञ्चतत्वको समुचित मिश्रणबाट पारम्परिक र बिग्यान संबत प्रयोगको माध्यम मार्फत उत्कृष्ट संरचना निर्माण गर्नु वास्तुशास्त्रको पहिलो उद्देश्य हो । प्राचिन मुनिहरुले वास्तु शास्त्रको महिमा निकै माथिल्लो स्तरमा गरेका छन्। वास्त्रु शास्त्र परम्परागत विज्ञान नै हो भनेर दाबी गरिनु कुनै नौलो कुरा होइन । मय,रावण,विश्वकर्मा जस्ता अनेकन साधकहरुले साधना गरि हामीलाई प्रदान गरेको प्रसाद हो वास्तु शास्त्र । वास्तु शास्त्रले घर भित्रको आन्तरिक ब्यबस्थापन मार्फत खास उर्जाको निर्माण गर्ने कार्य गर्छ ।
आजभोलि घर बनाउँदा वास्तुको राम्रोसंग विचार पुर्याएर बनाउनेहरु धेरै छन्। घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास छ। वास्तु शास्त्र अनुसार मानिस जुन घरमा बस्न थाल्दछ, त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्दछ । त्यसैले वास्तु शास्त्रलाई अनुशरण गरेर घर बनाउन जरुरी छ।

१, कुनै घर,वा कार्यालको दक्षिण पश्चिममा घरको सतह भन्दा तल पर्ने गरेर पानी ट्याङकी, स्विमिङ पुल वा पानीको संग्रह गर्ने कुनै चीज बनाउनु हुँदैन ।
२, पैसा राख्ने, वाकस, दराज वा लकरलाई घरको दक्षिण वा दक्षिण पश्चिम भित्तामा राख्नु पर्छ, खोल्दा उत्तर दिशा तर्फ फर्कियोस। उत्तर दिशा कुबेरको
दिशा हो। यसरी पैसा राख्ने भाडो उत्तरतिर फर्काउदा पैसाको कमि नहुने विश्वास छ।
३, घरको दलिन वा बिमको मुनि पैसा राख्नु हुन्न। यसले परिवारका सदस्यमाथि आर्थिक दबाब बढाउँछ।
४, पैसा राख्ने बाकस, दराज वा लकरको अगाडी ऐना राख्नु फलदायी हुन्छ। यसले पैसालाई दोब्बर पार्ने सांकेतिक उत्प्रेरणा दिन्छ।
५,घरको छानाको दक्षिण पश्चिमी(नैऋत्य) भाग उत्तर पुर्वी (ईशान) भाग भन्दा उच्च हुनु पर्छ। अर्थात घरको छानो दक्षिण पश्चिम तिरबाट उत्तरपुर्वतिर ढल्किएको हुनु राम्रो मानिन्छ ।
६, घरको दक्षिणी र पश्चिमी भित्ता उत्तरी र पुर्वी भन्दा अग्लो र मोटो हुनु पर्छ।
७, घरको दक्षिण पश्चिम भागमा रुख रोप्नु पर्छ। यसले परिवार र व्यवसायलाई दुर्भाग्यबाट बचाउँछ ।
८, चुहिने पानीको धारालाई तत्कालै मर्मत गर्नु पर्छ। यसले धन क्षयीकरण गर्दछ।
९,घरको मुल ढोकालाई चिटिक्क पारेर सजाउनुलाई निकै शुभ मानिन्छ। घरभित्र बैजनीरंगको भाडोमा फाइदाजनक विरुवा राख्नु शुभ हुन्छ ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा बुध:जान्नुहाेस् सम्पूर्ण रहस्य ।

The Significance of Mars in Vedic Astrology: Unleashing the Warrior Planet’s Influence

वैदिक ज्याेतिषमा मंगल : उर्जा र साहसकाे खानी!

यस्ताे छ जनैकाे धार्मिक तथा वैज्ञानिक महत्त्व!-जनै पूर्णिमा विशेष

वास्तु टिप्सहरु