सिंह राशी

सिंह राशि
नामाक्षर (मा मी मू मे मो टा टी टू टे)
यस राशिको व्यक्ति क्षमाशील, काममा समर्थ, मद्य–मांसमा सदैव आसक्त, देशमा भ्रमण गर्ने, असल मित्रवाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छ । त्यसैगरी तीक्ष्ण स्वभावको, असहिष्णु, हतारमा काम गर्ने, ठूलो मुखाकृतियुक्त, कम पुत्रवाला, स्त्रीहरूसँग द्वेष राख्ने, पहाड र वनमा विशेष स्नेह राख्ने, निरर्थक क्रोध गर्ने, भोक प्यास बढी लाग्ने, त्यागी, पराक्रमी, स्थिरबुद्धि, घमण्डी र माताको वशमा रहने हुन्छ ।
त्यस्तै लक्ष्मीवान्, विद्वान्, निष्ठूर, सुशील, कृपण, सत्यवादी, विदेश यात्राप्रिय, युद्धप्रिय, शत्रुजयी, मानसिक दुःखले पीडित, निष्कपट, सङ्कीत र कलाप्रेमी एवम् सदैव उच्च पद प्राप्तिमा लालायित हुने स्वभावको हुन्छ ।
यस व्यक्तिको स्त्रीहरूसँग कलह हुन सक्छ । त्यसैगरी चोरबाट पनि केही हानी हुन सक्छ ।
यस राशिको व्यक्तिलाई मेष, कर्कट, वृश्चिक, धनु, मिथुन, कन्या र मीन राशिवाला व्यक्तिसँग सम्बन्ध कायम गर्दा फाइदा हुन्छ भने वृष, तुला, मकर र कुम्भ राशिवाला व्यक्तिसँग शत्रुता हुन्छ । यस राशिलाई आइतबार शुभ र मङ्कलबार अशुभ हुन्छ । यस राशिको मालिक सूर्य भएकोले त्यसको रत्न माणिक लगाउनु र आइतबार व्रत गरी सूर्य पूजा गर्नु शुभ हुन्छ ।
लालकिताबअनुसार
घरमा ह्यान्डपम्पको प्रयोग गर्नु, चामल, चाँदी र दूधको दान गर्नु, सित्तैमा कुनै चिज नलिनु, आमा र हजुरआमाको कृपा प्राप्तिको प्रयास गर्नु, मद्य–मांसादि नखानु, तामाको सिक्कालाई खैरो धागोमा उनेर धारण गर्नु, सधैँ सत्य बोल्नु, कसैको अहित नगर्नु, आफुलेे दिएका आश्वासन पूरा गर्नु र सधैँ चाँदी साथमा राख्नु ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा बुध:जान्नुहाेस् सम्पूर्ण रहस्य ।

The Significance of Mars in Vedic Astrology: Unleashing the Warrior Planet’s Influence

वैदिक ज्याेतिषमा मंगल : उर्जा र साहसकाे खानी!

यस्ताे छ जनैकाे धार्मिक तथा वैज्ञानिक महत्त्व!-जनै पूर्णिमा विशेष

सिंह राशी