Search
Close this search box.
दैनिक राशिफल २०७८-०५-२९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
मध्यान्ह पछिको समय सुधारोन्मुख रहेकोले नया काम र यात्राको थालनी त्यसपछि गर्दा नै उपयुक्त हुनेछ,मानसम्मान र आर्थिक पाटो आझा सबल बन्नेछ प्रेममय दिन रहेने देखिन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
गरिरहेको काममा अकस्मात अबरोध आउन सक्ने हुन सक्छ स्वास्थ्यमा प्रतिकुलता सगै निरर्थक यात्रा र हैरानी पनि व्यहोर्नु पर्नेहुना सक्छ मध्यान्ह पछी चन्द्रमाको अवस्थिति नकारात्मक हुने हुदा बिहानै को समयमा कार्यारम्भ गर्नु सुखद हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सफलता र जागर निरन्तरनै रहिरहने छ, नया बिस्वासिली सहयोगी मिल्नेछ भने आर्थिक सामाजिक र राजनैतिक क्षेत्रमा क्रमश सफलताको अनुभूति गर्न पाइनेछ आज केहि नया जिम्मेवारी र सम्मान प्राप्त हुने दिन रहेको छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
धार्मिक कार्य सगै आफ्ना दैनिकी हरुलाई पनि उचित व्यस्थापन गर्न सकिनेछ,राज्य पक्ष र निकाय हरुले तपाईलाई केहि ब्यबधान देखाउन खोजेपनि तपाइको आफ्नो मनिबल लाई उच्च बनेर आगाडी बढ्नुभयो भने आजको दिन बिशेष सम्झनलायक बनाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
बिहानको समय मा केहि बिध्न आएता पनि मध्यान्ह पछिको समय सकारात्मक रहनेछ,स-साना अबरोध हरुको वास्ता नगरी निडर भएर अगाडी बढ्नु होला,धर्म धार्मिक भाबको बिकास हुनाले कुराकाट्ने र खुट्टा तान्ने हरु तपाइको प्रशंशा गर्न बाध्य हुनेछन।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सुमधुर सम्बन्धमा केहि कटुता आउन सक्छ,तपाइको प्रगतिमा नकारात्मक टिका टिप्पणी गर्ने व्यक्तिहरु बाट सजग रहनु नै बुध्धिमानी हुनेछ,यात्रा गर्नै पर्ने भएमा बिहानको समय मै सुरुवात गर्नु राम्रो हुनेछ,बिस्वासिली सहयात्रामा रोकावट आउन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
खासै नराम्रो दिन रहन्न,आज तपाइका अनुयायी हरु बढ्नेछन भने तपाइले सुरुवात गरेका काममा समाज र आफन्तको भरपुर सहयोग मिल्नेछ,प्रणय सुत्रमा भर्खर प्रवेश गरेका जोडी हरुको लागि मिठासपूर्ण दिन रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

पढाइ लेखाइको क्षेत्रमा तपाइको गति आज केहि खस्कन सक्छ,तपाईका बौध्धिक सम्पत्तिको नकारात्मक प्रयोग गर्ने जमात सक्रिय रहनेछ,क्रमश स्वास्थ्यमा सुधार आउनेछ भने जोश र जागर भने बढ्ने दिन रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आफन्त साथि संगी बिचमा रहेको सम्बन्ध यथा स्थितिमै राख्न आज ठुलै मेहनत गर्नु पर्ने देखिन्छ,पेट जन्य समस्यामा केहि सुधार आउनाले बौध्दिक पाटोमा केहि समय बढ्ने देखिन्छ,खेलकुद र मनोरन्जनको पाटो राम्रो रहनेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पराक्रमको मात्रा केहि खस्कने सक्ने देखिन्छ,मित्रजन बाट प्राप्त सहयोगमा केहि कमि भएको अनुभूति हुनेछ भने पारिवारिक समस्या केहि बल्झन सक्ने हुन्छ,नया बाहन प्राप्तिको समय देखिएता पनि आज चोट पटकको भय पनि उत्तिकै रहनाले विचारणीय दिन रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
संचित धनको उचित ब्यबस्थापन आजको मुख्य समस्या बन्न सक्छ भने आफ्नो कमाइमा आखा लगाउने हरु पनि सक्रिय रहनेछन्,मध्यान्ह पछी भने सहयोगी हरु बढ्नेछन अनि तपाइको काममा साथ दिनेछन,मिष्ठान्न भोजनको अवसर पनि मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
माया प्रेममा केहि खटपटको अबस्था तपाइँ आफ्नै कारणले आउन सक्छ,धेरै उत्साहित नरहनु राम्रो हुनेछ,टाढा को साथीको उचित सहयोग मिल्नेछ भने साझ पख फुत्कि सकेको धन पुनः फिर्ता पाउदा मनमा केहि राहत मिल्ने देखिन्छ ।

 

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

दैनिक राशिफल २०७८-०५-२९