[vc_row][vc_column width=”1/6″][vc_column_text]ज्योतिषमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ । त्यसैले पाश्चात्यको तुलनामा हिन्दु ज्योतिषमा राशि निर्धारण निकै सूक्ष्मरूपमा गरिएको पाइन्छ । यसमा जन्मनक्षत्रको नामअनुसार राशि निर्धारण हुन्छ जसलाई न्वारानको नाम पनि भनिन्छ । अब यहाँ हिन्दु ज्योतिषको आधारमा निर्धारित राशिअनुसार व्यक्तिको शरीरलक्षण, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ अदिबारे वर्णन गर्नुका साथै प्रत्येक राशिवाला व्यक्तिले लालकिताबअनुसार गर्नुपर्ने केही उपायहरूसमेत दिइएको छ । लालकिताबका उपायहरू प्रायः सरल र प्रभावकारीसमेत मानिएकाले तिनलाई यहाँ प्रस्तुत गरिएको हो ।[/vc_column_text][/vc_column][vc_column width=”1/6″][vc_gallery][vc_column_text]१) मेष राशि
नामाक्षर (चू चे चो ला ली लू ले लो अ)
यस राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्याङ्कन गर्ने, ठूला जङ्खाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभीत हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ ।
त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, शूरवीर, सेवाकार्य जान्ने, शिरमा चोटको निसानयुक्त, स्वाभिमानी र अत्यन्त चञ्चल स्वभावको हुन्छ ।
त्यस्तै पुत्रवान, तेजस्वी, परोपकारी, उत्तम कार्यासक्त, सुशील, देवभक्त, गुरुभक्त, कामबाट विचलित हुने, प्रायः उदररोगी र स्वतन्त्र व्यवसायबाट उन्नति गर्ने हुन्छ ।
यस राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला ।
यस राशिको व्यक्तिलाई मङ्कलबार शुभ र बुधबार अशुभ हुन्छ । शुक्लपक्षको
द्वितीयाको चन्द्रमाको दर्शन गरी कुनै रातो वस्तु दान गर्नाले यस राशिको व्यक्तिलाई त्यस महिनाभरि नै सुखदायी हुन्छ ।
यस राशिको मालिक मङ्कल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मङ्गलको पूजापाठ र जप गर्नुका साथै मङ्कलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।
लालकिताबअनुसार
कसैसँग कुनै वस्तु सित्तैमा नलिनु, हात्तीको दाँतबाट निर्मित वस्तु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औंठी लगाउनु, साधुसन्त, गुरु र आमाको सेवा गर्नु, मिठाइ र गुलियो पदार्थको व्यापार नगर्नु, नीमको वृक्ष आँगनमा लगाउनु, सदाचारको पालन गर्नु, सुत्ने बेलामा सिरानमाथि एक गिलास पानी राख्नु र त्यसलाई विहान कुनै गमलामा हाल्नु, बहिनी, छोरी र फुपूलाई मिठाई दिनु र विधवालाई सहयोग गर्नु ।[/vc_column_text][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][vc_column width=”1/6″][/vc_column][/vc_row]