पर्सको बारेमा केहि महत्वपूर्ण जानकारी
घरको वास्तु, अफिसको वास्तु, कारको वास्तु आदि हरेक चिजमा वास्तुको ख्याल राखिन्छ भने पर्समा पनि वास्तुको ध्यान राख्न सकिन्छ। जसरी हाम्रो वरपरका वातावरणले हामीलाई असर गर्छ त्यसै गरि हामीले वोक्ने व्याग वा पर्सले पनि प्रभावित गर्दछ । हामी सवै पर्समा पैसा सधैभरि भरि भराउ होस, अनावश्यक खर्च नहोस भन्ने चाहाना राख्छौ। पैसा कमाउनको लागि धेरै मेहनतको साथै भाग्यले पनि महत्व राख्दछ । अतः यस सम्वन्धमा केही महत्वपूर्ण टिप्सहरु दिईएको छ जसलाई अपनाउनाले धनको कमी भएको महशुस हुदैन ।
जुन वस्तुले नकारात्मक उर्जाहरु फैलाउछ त्यस्तो वस्तुलाई हटाईदिनु पर्छ किनकी यसले हाम्रो सुख र कमाईमा नराम्रो प्रभाव पार्छ । आय बढाउने तथा फजुल खर्चमा कमी ल्याउनको लागि पर्सको वास्तु पनि ठिक राख्नु पर्छ । पर्समा कुनैपनि अपवित्र वस्तुहरु राख्नु हुदैन अनावश्यक वस्तुहरु तुरुन्त हटाईदिनु पर्छ ।
पर्समा चावीहरु राख्नु हूदैन ।
पर्समा सिक्का र नोठ अलग अलग राख्नूपर्छ ।
पर्समा मृत व्यक्तिको फोटो राख्नु हुदैन । संत वा महात्माको चित्र या फोटो राख्न सकिन्छ । संत वा महात्मा देह त्याग गरेको भएपनि फोटो राख्नु हुन्छ । किनकी शास्त्र अनुसार संत महात्माहरु देह त्याग गरेपछि पनि मृत मानिदैनन् ।
धार्मिक वा पवित्र वस्तुहरु राख्नुपर्छ, यसबाट सकारात्मक उर्जाहरु बढ्छ र मन प्रशन्न हुन्छ तर यि वस्तुहरु राख्दा रुपैया, पैसा भन्दा अलग्गै राख्नुपर्छ ।
पर्समा नोट वा सिक्का संगै खानेकुराहरु राख्नु हुदैन ।
पर्समा कुनैपनि प्रकारको विल वा भूक्तानी संग सम्वन्धि कागजहरु राख्नु हुदैन ।
पर्समा एक रातो रंगको खाममा कुनैपनि आफ्नो मनोकामना (मनको ईच्छा भएको कूरा) लेखेर राखेमा छिट्टै परा हुन्छ ।
रातो रेशमी धागोको गाठो पारेर राख्नु पर्छ ।
व्यागमा पैसा जहाँ राखिन्छ त्यहाँ कौडि वा गौमती चक्र अवश्य राख्ने ।
पर्समा कुनैपनि प्रकारको पिरामिड वा पिरमिडको फोटो राख्ने ।
राति सुत्ने वेलामा पर्स सिरानीमा राख्नु हुदैन, सकभर दराजमा राख्नु पर्छ ।
पर्समा रुपैयाहरु दोवारेर (भाचेर) राख्नु हुदैन ।
आफ्नो पर्समा कूनै पूर्णिमाको दिनमा रातो रेशमी कपडामा १६ वटा नटुक्रिएको चामल वाधेर लुकाएर राख्नाले अनावश्यक खर्च हुदैन ।
Leave a reply