वर्तमान समय सूचना र प्रविधिको युग हो र नेपालमा पनि हामि नयाँ नयाँ प्रविधि अपनाउदै निकै अगाडी लम्किरहेकाछौं । यो समयमा हामिले विश्वको जुनसुकै कुनामा रहेर पनि सहज रुपमा धेरै सेवा उपभोग गर्न सक्छौ । हामी आफ्नो हरेक आवस्यक बस्तु इन्टरनेटको सहायताले प्राप्त गर्न सक्षम भएका छौ, त्यसैको फलस्वरुप हामीले यो वेबसाइट मार्फत सम्पुर्ण ज्योतिषीय परामर्श, वास्तु शास्त्र, हस्तरेखा, रत्न, रुद्राक्ष, विभिन्न वैदिक यज्ञ(पुजाहरु), अन्लाईन पुजाहरु, अन्लाईन ग्रहशान्ति, मुहुर्तहरुको जानाकारि पाउन सक्छौ। हामी दैनिक, साप्ताहिक, मासिक र बार्षिक राशिफल, विभिन्न ज्योतिष, वास्तु र धर्मशास्त्र सम्बन्धि जानकारि प्रदान गर्नेछौ। आध्यात्मिक लेखहरु, जन्म मिति समय र जन्मस्थान वा चिना कुन्डलीको माध्यमबाट सम्पूर्ण जीवनको भुत भविस्य वर्तमानको बारेमा जानकारि दिन्छौ। शिक्षा, स्वास्थ्य, व्यवसाय, प्रेम, वैवहिक जिवन, वैदेशिक यात्रा, रोजगारि, पारिवारिक सम्बन्धको बारेमा परामर्श दिन्छौ । जीवनमा आइपरेका बिभिन्न समस्या र बिध्नबाधा कसरि हटाउने भन्ने बारेमा सजिला उपायहरु प्रदान गर्छौं ।
प्राचिन सिद्धान्त अनुरुप आधुनिक प्रबिधिबाट आफ्नो, परिवारका सदस्यको वा आफन्त व्यक्तिहरुको शुद्ध जन्म पत्रिका (चिना) नेपालि अंग्रेजी तथा संस्कृत भाषामा बनाउन सकिन्छ। आधुनिक समय गणना लाई सस्कारित गरि जन्मस्थानको GMT समय, अंक्षांश, देशान्तर अनुरुप सुक्ष्म गणना गरेर चिना तयार गर्दै आइरहेका छौं।
धार्मिक, आध्यात्मिक, लौकिक र बैज्ञानिक बिधिको प्रयोग गरि सबैको जीवन सुखि र खुशी बनाउने हाम्रो मूल लक्ष हो
तपाईको जन्म किन र के का लागि भयो ?
जीवनको लक्ष के हो र के हुनुपर्छ?
लिएको लक्ष्य कति सम्म ठिक छ ?
ठिक बनाउन के कस्ता उपाय हुन्छन्?
जीवनमा प्राप्त गर्न सकिने सफलता कति हो, र त्यो प्राप्त गर्ने मार्ग कुन हो ?
यि र यस्तै प्रश्नको सेरोफेरोमा रहेर हामी तपाईँका अनुभब र जीवन भोगाईका चरणहरुको सुक्ष्म निरिक्षण गर्छौ ।
ऋषि महर्षिहरुले प्रतिपादन गरेका सिद्धान्त र सुत्रहरुको समयानुकुल प्रयोग गरि उत्तम मार्ग खोजेर अगाडि बढ्नु नै शास्त्रले बताएको मार्गको सफल प्रयोग हो। हामी यसै अनुरुप मार्ग निर्देशन गराउछौ।
बुँदागत रुपमा हाम्रा उद्देश्य र लक्ष्यहरु
ज्योतिष धर्मशास्त्र र आध्यात्म हाम्रो दैनिक प्रयोगमा अत्यावश्यक र बहु उपयोगि बिषय हो भन्ने जानकारि दिनु र प्रयोग द्वारा विश्वस्त बनाउनु ।
सबैमा सहज पहुचमा ज्योतिषिय र आध्यात्मिक चेतना पुर्याउनु।
अध्यात्म र ज्योतिषको उचित प्रयोग गर्न सिकाउनु ।
समाजमा ब्याप्त भ्रमलाई चिर्दै सकारात्मक सन्देश प्रबाह गर्नु।
संघर्ष र समस्या नै जीवनको गहना हो तसर्थ प्राप्ति भन्दा माथि रहेर जीवनलाई चिन्ने मार्ग देखाउनु।
समस्याको छिटो र सहि पाहिचान गरि उचित परामर्श दिनु ।
संख्यात्मक भन्दा गुणात्मक सेवा प्रदान गर्नु ।
ध्यान, योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, ज्योतिष शाश्त्र सामुद्रिक शाश्त्र हस्तरेखा तन्त्र जस्ता जीबनोपयोगि बिधाको सरल ग्यान दिलाउनु ।