Online पूजा
प्रविधिको विकास सगै संसार नै सानो भएको छ। हामी एकथान बाट अर्को स्थानमा जान आउन भेट्न भन्दा इन्टरनेटको पहुँचमा अनलाइन मै भेटघाट कुराकानी सुख दुःख आदान प्रदान गर्ने गरेका छौं। घन्टौं हिँडेर र साधन प्रयोग गरेर जानै पर्छ भन्ने बाध्यात्मक अवस्था बाट धेरै हद सम्म मुक्त भएका पनि छौं। यो वैकल्पिक प्रविधिको बढी प्रयोग भइरहे जस्तै हामीले पूजा पाठ का विषयमा पनि नयाँ प्रयोग गर्दै आइरहेका छौं।
प्रविधिको विकास सगै हाम्रो दैनिकीमा आएको यी र यस्तै सहजता र समयानुकूल उपयुक्त विकल्पको प्रयोगले हामीलाई धार्मिक कार्य सञ्चालन गर्नमा पनि सहयोग मिलेको छ। व्यस्त दैनिकी बाट लामो समय निकालेर सम्बन्धित ठाउँमा उपस्थित भएर धार्मिक कार्य गर्न सम्भव नभएको खण्डमा केही काम्य कर्महरु भक्ति भाव द्वारा आफू रहेकै स्थानमा गर्नसक्ने विकल्पको प्रयोग हुन थालेका छन्। शत प्रतिशत शास्त्र संवत् विधि विधान पूर्वक आफै उपस्थित भएर पूजा गर्न नसकिए पनि अनलाइन पूजाको माध्यम बाट केही धार्मिक कार्य हरु गरिनु पर्छ र त्यो गर्न सम्भव पनि छ ।समयानुकूल सहज विकल्पको खोजी गरी प्रयोग गरिनु राम्रो कुरा हो ।
हामीले पनि विगत केही समय देखि आफ्नो स्थानमा धार्मिक कार्य गर्न सम्भव नभएका, गर्ने इच्छा हुँदा हुँदै गर्न नसकिएका, कर्मकाण्डी गुरु हरुको उपलब्धता नभएका, पूजा सामग्री उपलब्ध हुन नसकेका व्यक्ति हरुको लागि अनलाइन पूजा गर्न मिल्ने गरी कार्य थालनी गरेका छौं। यस्तो प्रयोगको अनुभवले अपेक्षित सकारात्मक प्रभाव परेको आभास भएको छ ।
तसर्थ यसलाई हामीले व्यवसायिक र सेवा मुलक हिसाबमा तपाईहरु समक्ष निरन्तर सेवा दिलाई रहेका छौं। यस कार्यलाई अझै कसरी समयानुकूल सहज बनाउन सकिन्छ भन्ने विषयमा तपाईं प्रयोग कर्ता हरु संग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढ्ने छौं ।
वास्तवमा तपाईहरु कै सल्लाह र आवश्यकताको आधारमा हामीले यो सेवाको सुरुवात गरेका हौं। यस्तो कार्यले मूलतः निम्न समस्या भएका व्यक्तिहरू लाई निकै सहजता पुग्ने कुरामा हामी आशावादी र विश्वस्त छौं।
* देश बाहिर रहेर त्यस स्थानमा गुरु र पूजा सामग्रीको अभाव हुने धार्मिक कार्यमा रुचि भएका व्यक्तिहरू
* घर बाहिर भाडामा बस्नु भएका र आफू बसेको स्थानमा पूजा आजा गर्न सम्भव नभएका व्यक्तिहरू
* पारिवारिक सल्लाह नमिलेर घरमा पूजा गर्न अनुकूल समय नपाएका व्यक्तीहरु
* कार्य व्यस्तता ले सबै तयारी गर्न नभ्याउने व्यक्तिहरू
*
घरमा पूजा लगाईदै हुनुहुन्छ विज्ञ गुरुको खोजीमा हुनुहुन्छ भने गुरुको उपलब्धता हुनेछ।
हाम्रो टिम संग संपर्क गरेर कुनै धार्मिक स्थलमा धार्मिक कार्य गर्न सल्लाह र जनशक्ति व्यवस्थापन गर्छौं
हाम्रो कार्यालयमा आएर पूजा गर्न इच्छुक हुनुहुन्छ भने व्यवस्था मिलाउने छौं
आफू रहेकै स्थानमा पूजा गर्दै हुनुहुन्छ नजिक गुरु भेटिनु हुन्न भने अनलाइनमा गुरु को उपलब्धता हुन्छ
हामी हाम्रो स्थानमा तपाईं संग सम्बन्धित पूजा गराउँछौ तपाईं अनलाइनमा आएर प्रतक्ष हेरेर लाभ लिन सक्नुहुन्छ
तपाईंको लामो समय सम्म निरन्तर पूजा पाठ गर्नु पर्ने छ ग्रहको दैनिक जप पाठ गराउनु पर्ने छ भने हामी ती कार्य संग सम्बन्धित विज्ञ जनशक्ति व्यवस्थापन र कार्य सम्पन्न गराउन सहयोग गर्नेछौं
तपाईंको (यजमान) स्थानमा गुरुहरु उपस्थित भएर हुने पूजा
हाम्रो कार्यालयमा तपाईंको उपस्थितिमा हुने पूजा
तपाईंको अनलाइन उपस्थितिमा हाम्रो कार्यालयमा पूजा
तपाईंको स्थानमै पूजा, अनलाइनमा गुरुको उपस्थितिमा पूजा
कुनै धार्मिक स्थलमा तपाईंको उपस्थिति वा अनुपस्थितिमा हाम्रा गुरुहरूद्वारा पूजा
ग्रह शान्तिको लागि गरिने पूजा
विभिन्न दोष शान्तिको लागि गरिने
मनोकामना पूर्तिको लागि गरिने पूजा
कुनै कामना रहित बार्षिक मासिक वा नित्य रुपमा गरिने पूजा
कुनै व्रतको प्रारम्भ र समाप्तिमा गरिने पूजा
अनलाईन पुजा
ग्रहशान्ति
नित्यकर्म,काम्यकर्म
दैविककर्म,पैत्रिककर्म
विविधकर्म,
Leave a reply