मकर राशी

मकर राशि
नामाक्षर (भो जा जी खी खू खे खो गा गी)
यस राशिको व्यक्ति आफ्नोे कुलमा कमजोर, स्त्रीहरूमा वशीभूत, विद्वान्, परनिन्दक, सङ्कीतज्ञ, सुन्दर स्त्रीहरूको प्रियपात्र, पुत्रयुक्त, माताको प्रिय, धनी, त्यागी, दयालु, भाइहरूले युक्त र सुखका लागि चिन्तनरत हुन्छ ।
त्यसैगरी परिवारपालक, मनले अधार्मिक भएपनि धार्मिक कृत्य गर्ने, सुन्दर आँखावाला, पातलो कम्मरयुक्त, भनेका कुराहरू राम्ररी बुझ्ने, सौभाग्यशाली, कार्यमा असफल, जाडो सहन नसक्ने, भ्रमणशील, बढी आत्मबलयुक्त, साहित्यिक, लज्जाहीन र दयारहित हुन्छ ।
त्यस्तै धीर, विद्वान्, राजप्रिय, दयालु, सत्यवादी, दानी, अल्छी, गानविद्या जान्ने, क्रोधी, दम्भी, लोभी, दृढप्रतिज्ञा, प्रभावशाली र ख्यातिप्राप्त हुन्छ ।
यस राशिलाई शनिबार शुभ हुन्छ । यस राशिको व्यक्तिले वृष, मिथुन, कन्या, तुला र कुम्भ राशिवालासँग मित्रता गर्छ भने मेष, कर्कट, सिंह र वृश्चिक राशिका व्यक्तिसँग शत्रुता हुन्छ ।
यस राशिको मालिक शनि भएकोले त्यसको रत्न नीलम धारण गर्नु र शनिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।
लालकिताबअनुसार
बाँदरको सेवा गर्नु, भिजाएको माटोको तिलक लगाउनु, परस्त्रीप्रति आँखा नलगाउनु, झुटो नबोल्नु, मद्यपान नगर्नु, घरको कुनै पनि ठाउँमा अध्यारो नपार्नु, केतुको जप र पूजापाठ गर्नु, कुवामा दूध चढाउनु, भैँसी, कौवा र मजदूरलाई भोजन दिनु, नदीमा मदिरा बगाउनु, सधैँ आफ्नो साथमा केशर वा सुन राख्नु र छाला वा फलामबाट बनेका नयाँ वस्तु खरिद नगर्नु ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा बुध:जान्नुहाेस् सम्पूर्ण रहस्य ।

The Significance of Mars in Vedic Astrology: Unleashing the Warrior Planet’s Influence

वैदिक ज्याेतिषमा मंगल : उर्जा र साहसकाे खानी!

यस्ताे छ जनैकाे धार्मिक तथा वैज्ञानिक महत्त्व!-जनै पूर्णिमा विशेष

मकर राशी