कुम्भ राशी

नामाक्षर (गू गे गो सा सी सू से सो द)
यस राशिको व्यक्ति दानी, अल्छी, कृतज्ञ, धनी, वाहन एवम् अन्य भौतिक साधनले सम्पन्न, शुभ दृष्टि वा सधैं कोमल स्वभावको, धन र विद्याका लागि प्रयत्नशील, पुत्रयुक्त, स्नेहयुक्त, यशस्वी, आफ्नै शक्तिले धनको उपयोग गर्ने, उदार र निर्भीक हुन्छ ।
त्यसैगरी कडा र मोटा रौँहरूले युक्त, ठूलो शरीरको, कठोर, अर्काकी स्त्री र धनप्रति लालायित, पापकार्यमा लाग्ने, अनियमित आर्थिक स्थितिको, मित्रप्रेमी र पैदल यात्राप्रेमी हुन्छ ।
त्यस्तै दानी, मिष्टान्नप्रेमी, धर्मकार्यमा शीघ्र तत्पर, प्रियभाषी, प्रसन्न, विलक्षण बुद्धियुक्त, शत्रुजयी, सुगन्धप्रिय, कामवासनामा बढी आसक्त, सङ्कठनप्रेमी र निर्धन हुन्छ । शिक्षा, कला वा राजनीतिको क्षेत्रबाट यस राशिवालालाई सफलता मिल्ला ।
त्यस्तै कुनै भूमिगत वा गुप्त मण्डलीको पनि काममा लाग्न सक्छ । यस राशिवालाको वृष, मिथुन, कन्या, तुला र मकर राशिवालासँग मित्रताका साथै मेष, कर्कट, सिंह र वृश्चिक राशिवालासँग शत्रुता हुन सक्छ ।
यस राशिको मालिक शनि भएकोले त्यसको रत्न नीलम धारण गर्नु र शनिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।
लालकिताबअनुसार
आफ्नो साथमा चाँदीको टुक्रा राख्नु, मुख्य द्वार वरिपरि केही अध्यारो बनाउनु, छतमा इन्धन आदि नराख्नु, ४८ वर्षको उमेरभन्दा पहिले आफ्नोे घर नबनाउनु, मांसाहार नगर्नु, घरमा चाँदीको इँटा राख्नु, झुटो नबोल्नु, शनिबार व्रत गर्नु, भैरव मन्दिरमा मदिरा चढाउनु तर आफुले नपिउनु, तेल र मदिरा दान गर्नु, रोटीमा तोरीको तेल लगाएर गाईलाई ख्वाउनु, आफ्नो पकेटमा सानासाना चाँदीका गोली राख्नु, दूधले स्नान गर्नु, गहुँ र शक्खर मन्दिरमा दान गर्नु, चाँदीको चारपाटे टुक्रा गलामा लगाउनु, केशर वा बेसारको टीका लगाउनु र सुन धारण गर्नु ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

कुम्भ राशी