कर्कट राशी

नामाक्षर (ही हू हे हो डा डी डू डे डो) –
यस राशिको व्यक्ति जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान्, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छ ।
त्यसैगरी ज्योतिष विद्यामा रुचि लिने, ठूलो घरयुक्त, आर्थिक उतार-चढावयुक्त, छोटो कदको, मोटो गर्धनयुक्त, आफ्ना मित्रहरूलाई विशेष प्रेम गर्ने र जल एवम् हराभरा स्थानमा बस्न विशेष रुचि राख्ने हुन्छ । त्यस्तै परोपकारी, वस्तुसङ्ग्रहमा कुशल, मातापिता र साधुभक्त, शास्त्रज्ञ, शीघ्रगामी र सुमित्रवान् हुन्छ ।
धेरै सन्तानहरूमध्ये एउटामात्र विशेष योग्य हुन्छ । कुनै षड्यन्त्रमा परेर यसलाई सङ्कट आउन सक्छ । सर्वसम्मतिले काम गर्नु राम्रो छ । साहित्य, सङ्कीत र कलामा रुचि छ । तरल पदार्थको व्यापारबाट फाइदा छ ।
यस राशिको व्यक्तिले मिथुन, सिंह र कन्या राशिका व्यक्तिसँग मित्रता गाँस्नु उत्तम हुन्छ भने मेष, वृष, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीनसँग सामान्य हुन्छ ।
यस राशिको व्यक्तिलाई शुक्रबार अशुभ हुन्छ । यस राशिको मालिक चन्द्रमा भएकोले त्यसको रत्न मोती वा मुनस्टोन लगाउनु र सोमबार एवम् पूर्णिमा तिथिमा व्रत गरी चन्द्रमा र शिव पूजा गर्नु शुभ हुन्छ ।
लालकिताब अनुसार
नदी तर्दा त्यसमा तामाको सिक्का बगाउनु, मातासँग चाँदी र चामल लिएर साथमै राख्नु, पलङमा तामाको टुक्रा लगाउनु, चाँदीको भाँडामा दूध नपिउनु, घरको जगमा चाँदीको इँटा लगाउनु, गहुँ, शक्खर र तामा दान गर्नु, दुर्गा पाठ गर्नु, सेता वस्तुको व्यापार नगर्नु, माताले भनेको मान्नु, धार्मिक कार्यको सधैँ पालना गर्नु, आफ्नो रहस्य कसैलाई पनि नबताउनु, घरमा खरायो नपाल्नु, सदाचारको पालना गर्नु, २७ वर्षभन्दा पहिले विवाह नगर्नु, धार्मिक स्थानमा सूर्यसम्बन्धी चिज दान गर्नु, धार्मिक स्थलमा नाङ्गो खुट्टाले जानु र औषधीजन्य बस्तुहरु दान गर्नु।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा बुध:जान्नुहाेस् सम्पूर्ण रहस्य ।

The Significance of Mars in Vedic Astrology: Unleashing the Warrior Planet’s Influence

वैदिक ज्याेतिषमा मंगल : उर्जा र साहसकाे खानी!

यस्ताे छ जनैकाे धार्मिक तथा वैज्ञानिक महत्त्व!-जनै पूर्णिमा विशेष

कर्कट राशी