कन्या राशी

नामाक्षर (टो प पी पू ष ण ठ पे पो)
यस राशिको व्यक्ति विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, सङ्कीत र नृत्यको धूनमा आसक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छ ।
त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, बुद्धिमान्, अर्काको धन र घर प्राप्त गर्ने, जन्मस्थानबाट अन्यत्र रहने, प्रियभाषी र कन्यासन्ततिवाला हुन्छ । त्यस्तै कुटुम्ब र मित्रलाई आनन्द दिने, अनेक कला जान्ने, गुरु, देव र ब्राéणभक्त, सत्यवादी, विद्याध्ययनमा विशेष रुचि भएको हुन्छ । यसलाई औषधी र खाद्यपदार्थको व्यापारबाट लाभ हुन्छ । शिक्षण पेसामा लाग्दा पनि राम्रो छ ।
यस राशिको व्यक्तिलाई बुधबार शुभ र आइतबार तथा मङ्गलबार अशुभ हुन्छ । यस राशिको मालिक बुध भएकोले त्यसको रत्न पन्ना लगाउनु शुभ हुन्छ ।
लालकिताबअनुसार
पन्ना धारण गर्नु, छतमा वर्षाको पानी राख्नु, नयाँ लुगा लगाउनुपूर्व त्यसलाई नदीको पानीले धुनु, हरियो रुमाल साथमा राख्नु, घरमा हरियो रङ्क प्रयोग नगर्नु, घरमा मनिप्लान्ट नलगाउनु, मद्यपान नगर्नु, शनिसँग सम्बन्धित पूजापाठ गर्नु, घरमा ठूला पातवाला रुख नलगाउनु, चण्डीपाठ गर्नु, कन्याहरूबाट आशीर्वाद लिनु, आफुले कबोल गरेका कुरा पुरा गर्नु, अपशब्द नबोल्नु, क्रोध नगर्नु, बुधबार व्रत गर्नु, हरिया चिज नदीमा बगाउनु ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा बुध:जान्नुहाेस् सम्पूर्ण रहस्य ।

The Significance of Mars in Vedic Astrology: Unleashing the Warrior Planet’s Influence

वैदिक ज्याेतिषमा मंगल : उर्जा र साहसकाे खानी!

यस्ताे छ जनैकाे धार्मिक तथा वैज्ञानिक महत्त्व!-जनै पूर्णिमा विशेष

कन्या राशी