यज्ञोपवितलाई राम्रोसँग मन्त्रणा गर्ने, त्यसमा संस्कार स्थापित गर्ने र पुरानो यज्ञोपवित परिवर्तन गर्नेसँग सम्बन्धित मुख्य पर्व हो– जनैपूर्णिमा । त्यही मन्त्रणा गरेको उपवित लगाउने वैदिक परम्परा र विधि नै जनैपूर्णिमाको मुख्य आकर्षण हो । आफ्नो ऋषि परम्पराको याद गर्ने दिन भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।
जनैकाे अर्थ:
यज्ञोपवीत नाम नै अर्थपूर्ण छन् । यज्ञार्थं योग्यं सूत्रम् यज्ञसूत्रम् अर्थात् यज्ञका लागि योग्य सूत्र । यज्ञेन संस्कृतम् उपवीतम् यज्ञोपवीतम् यज्ञकर्मद्वारा यज्ञकै लागि संस्कार गरिएको वा निर्माण गरिएको सूत्र यज्ञोपवीत हो ।
यज्ञाख्यः परमात्मा य उच्यते यैश्च होतृभिः ।
उपवीतो यतस्येदं तस्माद् यज्ञोपवीतकम् ।।(स्मृतिसार)
यज्ञसूत्रको अर्को नाम ब्रह्मसूत्र हो । ब्रह्म भनेको चराचर जगत्को मूल कारण परमेश्वर र सूत्र धागो, यी दुई शब्दबाट ब्रह्मसूत्र बनेको छ । ब्रह्मसूत्रको धारणले यज्ञयागादिका माध्यमबाट वेदको ज्ञानपूर्वक ब्रह्मतत्व अर्थात् ईश्वरीय तत्वसंग सम्बन्ध जोडाउने भएकोले यसलाई ब्रह्मसूत्र भनिएको हो –
सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात् ।
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम्।।(स्मृतिप्रकाश)
देख्दा शरीरमा सामान्य धागो भिरेजस्तो लागे पनि यो सामान्य धागो मात्र होइन । विशेष विधिले निर्माण गरेर वेदमन्त्रद्वारा अभिमन्त्रित गरी देवत्वको आवाहनका साथ तयार पारिएको सूत्र हो । यस्तो सूत्र नै यज्ञोपवीतका निमित्त धारण योग्य बन्दछ ।कातिएको कपासकाे धागो ग्रहण गरी मन्त्रोच्चारणपूर्वक ९६ अंगुल बराबरको धागालाई दायाँ हातका चार औँलामा ९६ पटक बेर्ने र तीन सरा बनाउने त्यसलाई एकै ठाउँमा मिसाएर पुनः तेब्बर पार्ने अनि ती तीन सरालाई एकत्रित गरेर प्रणवमन्त्रसहित ब्रह्मग्रन्थिले जोडिदिने यसरी जनै निर्माण पूरा हुन्छ । ९६ सङ्ख्या वेदमाता गायत्री र गायत्री मन्त्रको प्रतीक हो । चार वेदमा गायत्री मन्त्रसंग सम्बद्ध २४ अक्षर छन् । तिनीहरुलाई वेद सङ्ख्या (४) ले गुणन गर्दा २४ ×४ . ९६ सङ्ख्या पुग्दछ ।
चतुर्वेदेषु गायत्री चतुर्विंशतिकाक्षरी ।
तस्माच्चतुर्गुणं कृत्वा ब्रह्मतन्तुमुदीरयत् ।।
जनैमा ३ वटा शिखाहरु हुन्छन् ।तीनले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । सत्वगुण, रजोगुण, तमोगुण, तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलग–अलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ ।
जनैकाे वैज्ञानिक महत्त्व :
-जनै लगाउँदा शरिरको सुक्ष्म स्नायु (Micro Nerves) हरुलाई पनि सक्रिय हुन्छन् र (nervous system) स्नायु प्रणालीलाई संतुलन राख्न मद्दत गर्छ।
– जनै विधिपूर्वक वेद मंत्रोच्चारणका साथ अभिमन्त्रित गरिन्छ। यसका कारण Sound को Quantum Wave हरु जनैको धागोमा प्रवाह हुन्छन्, यसको vibration ले सुक्ष्म तरिकाले शरीरलाइ सकारात्मक उर्जा दिने कार्य गरिएको हुन्छ।
— हातमा बाधिएको रक्षाबन्धनले नाडिमा हुने pulse को माध्यम बाट रक्तचाप तथा अन्य blood purification प्रक्रियालाई पनि संतुलन राख्न केही मद्दत गर्दछ।
-दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मलमूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ ।
-कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।
-जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।
-जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट जोगाउँछ ।।।
हर हर महादेव