Search
Close this search box.
गोत्र थर र प्रवर

नेपालमा रहेका विभिन्न जाति तथा थर भएकाको गोत्र र प्रवर

१. अगस्ति : ढुङ्गेल (कतै कतै अगस्ति, दधिचि भन्ने गरेको पाईन्छ) ।
(प्रवर : आगस्त्य, दाढ्र्याच्युत, इद्मवाह )

२. अंगिरस : जोशी (शिलाई), सेढाई, शौनक, टण्डन

३.अत्रि : चापागाई, वस्ति (अवस्थी), मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी (ठाडाराई), गोतामे, डाँगी, चन्द ।
( प्रवर : अत्रि, अर्चनानसःश्यावाश्व )

४. आत्रेय : दुवाडी, दुलाल, पौडेल, अर्याल, सिग्देल, थापा (पुँवार ,खुलाल, द्धैनी, कालिकोटे) खड्का¬ (बगाले, गिरी, अर्याल, भट्ठ, पोखरेल (पानी), कालिकोटे खड्का, सिग्देल, गोलाल, घोण्डे गुरुङ्ग, माझी ।
( प्रवर : अत्रि, अर्चनानसः, श्यावाश्व )

५. कौत्स : ककर
(प्रवर : आंगिरस, मान्धात्रा, कौत्स)

६. उपमन्यु: मैनाली, ढकाल, बर्तौला, दैनी, भट्ठ (दूवाल), पाण्डेय÷पाण्डे, पन्त, वली/ओली, उप्रती ।
(प्रवर : उपमन्युः कपिल, विरुज )

७. काश्यप :शाह, शाही ठकुरी, रायमाझी, घिमिरे (बूढीपोला, चितापखाला, चितिखोले, बुढियाल, रुमाले), गोदार थापा, गर्तौला, अधिकारी (भँडारे, खिलचिनेर कौवाली, अलिना अधिकारी), बोगटी, कठायत, बुडाथोकी (सोडारी), बडाल, अमात्य, अवस्थी, ओझा, कंमर, कक्षपति, कहाली, काइकसजु, कायस्थ, कार्की (जुगाडी), कुमल, कुम्भइराना, खड्का (छड्को), ठकुरी (खाँठ, खान), खिड्कीसैनी, खिडेवाला, गायन, गुप्ता (रौनियार), घर्ती (भुजेल) , घोडासैनी, चटौत, छाग्ला, थानी, जियु (ठकुरी), जोशी (श्रेष्ठ), झा, टमाटा, गर्तौला, ठगुन्न (सिंह ठकुरी), ठकुरानी, ठकुरी, तण्डुकार, तिवारी, थापा (घिमिरे, गोदार), दर्जी, दुगड, देउवा, दोजुई, धामी, ध्वजु, नकर्मी, नागा, नेगी, प्रधान, पात्रा, वखेती, बडाल, बतासा, बानिया, वाँङ्गराई, वाजुरी, विजुक्छे, गैडा, इदवाल, तिला, वागदगल, शोणारी, श्रीवास्तव, साउद, सक्सेना, सिङ्घल, वेलवासे, वोगटी, भट्ट (मुस्याल, कलौनी), भ्वमी, मटमरी, मण्डल, मन्न, मलकु, मल्ल, मल्लिक, महतारा, मकाजु, माझी (राय), माथेमा, मालाकार, मिश्र, मुडभरी (डोटेली), यादव, रञ्जित, राउलो (ठकुरी), राय (ठकुरी), रोक्का, रौनियार (गुप्त), लकौल, वैद्य(नेवार), शाह (ठकुरी), शाही, गोदारथापा, बोगटी, बुढाथोकी (सोडरी), सिन्धुलिय, सिंह (राजपूत), सुवाल, सैजु, हमाल, हुम्ली, हाईत, हाइफोरी, हाडा, न्हुछेप्रधान, कठायत, छतकुली, पाँडे (सिमलदीया र बडखोर), सेन (ओली), बडाल, भुमिहार), श्रेष्ठ(नेवार), लिम्बु, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएकोर पशुपंक्षिको आदि ।
(प्रवर काश्यप, आवत्सर, नैधुव )
(कश्यप छुट्ठै गोत्र हुन्छ र यसको प्रवर — कस्यप, असित, देवल, हो भन्ने जानकारी आएको छ सुझाव दिनुहोला ।

८. कौडिन्य : प्याकुरेल, भट्ठ (पल्याल), पनेरु, आचार्ज, सापकोटा, सत्याल, मरासिनी÷मरासाईनी, पराजुली, बासकोटा, त्रीताल, न्यौपाने, लकाई खड्का (कमलकोठे), वाग्ले थापा एकाथरी भारती (झापा) र एकथरी श्रेष्ठ (झापा), बञ्जाडे÷बज्जारा÷बन्जरा, लकाई रावल, एकथरी पाठक, चाहर, शास्त्री, काकेटर, कप्सी, काताके, मन्जरेकर, मजुमदार, पखर्धन, फनसे घाँटे, गाम्लेपाम, लम्जेल, सेगुवल, कवल, पुन्जारी, गैरे, काक्तेकर,अवस्थी (दार्चुला जिल्लाको लास, डाडाँकोट निवासी), भाट (बैतडी जिल्लाको पालीगाउँ, दखन्समा बसोवास रहेका),
(सापकोटा प्रवर—.(कौतिन्य, देवादित्य हिरण्य । सबै सापकोटाको कौडिन्य गोत्र हो, कौतिन्य गोत्र हुदैन भन्ने शंका विद्धानहरुबाट आएको छ ।)
(प्रवर : कौडिन्य, वाशिष्ठ, मैत्रावरुणी ।)

९.कौशिक : रेग्मी, खप्तरी (खड्का), विष्ट (खपतरी), बिडारी, खप्तरीबुडाथोकी, फुयाँल, रिमाल, लाम्छाने खँड्का, खपतरी खँड्का, बडुवाल, ढुङ्गाना, धिताल, तिवारी, माझी, रायमाझी, खप्तरी बस्नेत, लुइँटेल, पुडासैनी, बाँनियाँ, रघुवंशी, भँडारी, बस्ताकोटी, दशैलिया, पाठक, गौली, डाँगी, खप्तरी बस्नेत, जनाला
(प्रवर : कौशिका ऋधमर्षण, विश्वामित्र)

१०. कृष्णाञ्जनी : विष्ट (कमलकोटे)

११. कृष्णात्रि : खकुरेल

१२. कपिल : पुवार या पुकार (विस्ट, थापा, खड्का, बोहरा) दानी क्षेत्री

१३. गर्ग : जिसी, बाँस्तोला, पाल्पाली खड्का, गजुरेल, भट्ठ लामिछाने, रिसाल, भुर्तेल, भेटवाल, आचार्य, रोकाहा, चुँडाल, लामिछाने गुरुङ, थापा लामिछाने, पाल (डोटेली), पोखरेल (दङ्गाली), पोद्यार (अग्रवाल), जोशी (झिँजार), पालपलौखड्का, मल्ल (रैकाज्यू), मित्तल, मोदी, रोका, लम्जेल, वंशल, वैद्य (महाराष्ट्री), शाह (काँस्केली खाँड), शाह (रैकाज्यू), खेतान, गुप्ता (अग्रवाल), गोयल (अग्रवाल), गोयन्का, चुँडाल, चुकुडाल, चौधरी (अग्रवाल) झिझार । (रुम्बा)
(प्रवर : गर्ग,गाग्र्य, गौतम, विश्वामित्र, पराशर वा गाग्र्य, घृतकौशिक, माण्डव्य, अथर्व, वैशम्पायन )

१४. गौतम : चन्द, संज्याल÷सञ्ज्याल÷सन्याल उपाध्याय (सान्नी), बटला (झाँती), सोडारी, त्रिपाठी, दंगाल, तिवारी, गुणी, धरेल, ढोडारी, इन्दौरिया (गौडा), चन, नेगी, पाण्डे (पलेउ), भट्ट (वली), महत, ऐरी, धिताल, जैसी (बारल, अम्तला, चिल्तडा), कठायत, महतारा, बम (ठकुरी), विष्ट (बैतडी), भण्डारी, महत, महतो, जोशी, ठकुलला, महरा, दमाई (पुर्पती) ।
(प्रवर : गोतम, आङ्गिरस, बार्हस्पत्य )

१५.धृतकौशिक : पण्डित, बराल, नेपाल, खनाल, बर्देवा, सुतार, कार्की, खत्री, नेमी, खनाल (खोरिया, गरा), राताटिंगुली, बराईली, अपागाई, काशीया , कुशे विंडाल ।
(प्रवर : धृतकौशिक, विश्वामित्र )

१६. जामदग्नि : घोडासैनी (घोरासैनी)
(प्रवर : जैमिनि, उग्र, संस्कृति )

१७. धनञ्जय : रिजाल, पंगेनी, बस्याल, कुकुरकाटे, गौरीपिल्ली, ओखरेल, पकुवाला, गुरागाँईँ, खुलाल थापा, हुमागाइँ, बस्नेत, भण्डारी, भुसाल, बुढाथोकी, धमला (धमौली), ढाँट, डुम्रे, घोडासैनी (यो जामदग्नि गोत्रमा रहेकाले यही भन्न अप्ठ्यो रहेको छ), मरासिनी (यो थर रिजाल थरसंग सम्बन्धित छ ), वयल, बुडथापा (कुँवर), बखरेल,
(प्रवर : धनञ्जय, विशवामित्र, मधुच्छन्द )

१८. पराशर : रैला (रोइला ) , मरहठ्ठा, लामाकार्की, धिमाल, कट्ठेल, शुक्ल उपाध्याय, आर्य, नराल
(प्रवर : वशिष्ठ, शक्ति, पराशर )

१९. भारद्धाज : खस÷पहाडी ब्रह्मण— क्षेत्री ः कठायत, चौलागाँई, सुवेदी, थपलिया, वैदवार, उपाध्याय, पन्थी, सिलुवाल या सिलावाल, विष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, रजौरिया, चिमरिया, विमली वाग्ले, बुर्लाकोटी, मजगैयाँ, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकटेल, कालाखेती, इटनी (मुख्यगरी धादिङ जिल्लामा बसोबास गरेबा), खड्का, महाराजिखड्का, कणेल, श्रीपालीबस्नेत, पाँडे (कुलेटा), बोहरा, सिटौला, शेर्पाली बस्नेत, चिलुवाल तथा बैँस राजपूत, नेवार ब्राह्मण—क्षेत्री : राजोपाध्याय (भक्तपुर) जोशी, राजभण्डारी (काठमाडौ), पालिखे, लाखे, र केही श्रेष्ठहरु पनि रहेका छन ।
(प्रवर : भारद्धाज, अङ्गिरस, वार्हस्पत्य )

२०. माण्डव्य : अधिकारी, बजगाँई, पन्थी, ¬ज्ञवाली, कटुवाल, मास्के, धिताल, जयकाम, जोशी (बजगाई), प्रधानांग, विष्ट (लोखाली), भण्डारी (बजगाँई), राउल (अछामी), राउले, लोखाडा, स्वाँर (बजगाई),
(प्रवर : माण्डु, माण्डक्य, विश्वामित्र)

२१. मौद्गल्य : कोइराला, उप्रेती, कुइँकेल, कार्की (खुलाल, लामा, मुडुला), तिमल्सेना, बेल्काणी, थापा कालिकोटे, सिंखडा, बेलवासे, कठायत, कार्की (मुडुला, लामा, खुलाल), चक्रवर्ती/बनर्जी, चट्टोपाध्याय, पाल (बाजुरेली), विष्ट (सिंखडा), बेलकाँडी, भट्टाचार्य, मखर्जी, लोकाली , उप्रती, बेल्काणी, बगाले, सिपखान÷ निउरे
(प्रवर : मौद्गल्य, आंगिरस, भाम्र्याश्व –और्व, च्यवन, भार्गव, जामदग्न्य, आप्नुवत)

२२. वत्स : दाहाल, लम्साल, झा, रुपाखेती, राणा, चौहान, खरेल, कुँवर, जबरा, ठाकुर झा, खुलाल, जोशी, बुढाथापा, बुढाथोकी (दाहाल), भट्ट (नागर), महाराजन, मिश्र, राणा (कुँवर) , रावल, दियाली, रुचाल
(प्रवर : भार्गव, च्यवन, आप्तवान, और्व, जामदग्न्य )

२३. वशिष्ठ : खरेल, सावद/सामन्त/साउद, भट्टराई, चालिसे, दवाडी, थाङसिङे भण्डारी, सुयल घर्ती, राउत, सुयल थापा, मुडवरी, मुडभरी, पल्लाकोटी, पाठक, केशरी, कसेरा, कारञ्जित, खनियाँ, खरेल (मुडभरी, हटियारा), गाम्नागे घर्ती, चन्पो (ठकुरी, चमरिया, चलाउने, चल्ल (ठकुरी) थापा (सुयल), द्धिवेदी, पन्त, पाठक, विष्ट (भुलानी), सोती, केसरी, गैरे , बम, भट्ठ, पुंवार खड्का श्रीपाली ।
(प्रवर : वशिष्ठ, इन्द्रप्रमदा, आभरद्धसु )

२४. विश्वामित्र : लामिछाने (भट्ठ र थापा), (भट्ठ (अलिना) दुवाडी, निरवंशी राई, रयल , आचार्य, बास्तोला, भुर्तेल, गजुरेल ।
(प्रवर : विश्वामित्र, मरीचि, कौशिक )

२५. वाल्मीकि : नागिला

२६. शाण्डिल्य : काफ्ले (साजि, वासी), प्रसाई, महत (क्षेत्रिय), चन्दने, जावा, जोशी (तंतोला), दास, धामी, पाईन, पाठक, वरई, बसिया, विष्ट (काफोल्य, काफल), मण्डल, राउल (मनकोटी), सामन्ती, सावा,
(प्रवर ः शाण्डिल्य, असित, देवल)

२७. शौनक : साही , डोटी बोगटानका बम (थर) बम रजवार ठकुरीहरू , दार्चुलाका पाल रजवार ठकुरी, डोटी रैका राजाका वंशज (जुम्लाको रैका मल्ल राजा) कुमाउँ अस्कोटी पाल रजवार शौनक गोत्रका छन् । त्यसैगरी डोटी बोगटानकै मोहन्याल देवताका धामी भरांडी भएका ताडी क्षेत्री र बोहरा क्षेत्री ,नेपालको डोटी जिल्लकै रावल, कलेल र मल्लको पनि शौनक गोत्र रहेको छ ।
(प्रवर शौनक, वशिष्ठ, पराशर )

२८. भृगु : चौहान (क्षेत्री)
(प्रवर भार्गव, च्यवन, जामदग्न्य, आप्नुवान, और्व)

२९.रवि : घले, शाह (कल्याल ठकुरी)
(प्रवर : आंगिरस, सांकुत्य, गौरुवीत )

३०. कौशल्य : भडारी, भाम, महतारो (क्षेत्री), डाँगी, थामी (क्षेत्रिय), वोगटी ।
(प्रवर : आगस्त्य , माहेन्द्र, मायोभु )

भडारी, भाम, महतारो (क्षेत्री), डाँगी, थामी (क्षेत्रिय), वोगटी ।
(प्रवर : आगस्त्य , माहेन्द्र, मायोभु )

३१. कृष्णात्रि : खकुरेल, दुवे, विष्ट
(प्रवर : आत्रेय, अर्चनामनस, श्यावश्व)

३२. कुशिक : बडुवाल, बर्मा (छत्याल)
(प्रवर : विश्वामित्र, दैवरात, औदल )

३३. कुडित : खड्का (लकाई)
(प्रवर : वशिष्ठ, मैत्रावरुण, कौडिन्य )

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

गोत्र थर र प्रवर