+977-9851175047
info@nepalijyotish.com
Log in / Sign in

Lost password ?

किनमेल (₨0.00) 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
नव वर्ष २०७९ शुभकामना सहित चिना बनाउन र हेराउनको लागि बिशेष छुट । बुक गर्नुहोस्
नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अफर हेर्नुहोस
Menu Categories
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
  • Rudraksha
  • Mala
  • Damaru
  • Murali
  • Bala
  • Book
  • Trisul
Wishlist Please, install WooCommerce Wishlist plugin
किनमेल (₨0.00) 0
Log in / Sign in
किनमेल (₨0.00) 0
0 Shopping Cart

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल

धनु राशी

राशिफल

धनु राशी

May 31, 2021 / 613 / 0

नामाक्षर (ये यो भा भी भू ध फा ढा भे)
यस राशिको व्यक्ति शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको ह्दयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान्, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छ । त्यसैगरी ठूलो मुख र लामो गर्धनयुक्त, पैतृक सम्पत्ति पाउने, त्यागी, दानी, काव्यादि जान्ने, पराक्रमी, सदैव कर्मशील, प्रतिभाशाली, धार्मिक, आफ्नो बन्धुजनप्रति द्वेष गर्ने, शक्तिप्रदर्शनले नझुक्ने अथवा बल प्रयोगले वशमा पार्न नसकिने, प्रेमपूर्ण व्यवहारले नियन्त्रित हुने हुन्छ ।
त्यस्तै विद्वान्, राजमान्य, जनप्रिय, देवभक्त, सभामा व्याख्यान दिने, श्रेष्ठ, कुलदीपक, भाग्यवान्, निष्कपट, विनीत, शान्त स्वभावको, तपस्वी, अल्पभोजी, मितव्ययी, फूर्तिलो र भविष्यवक्ता हुन्छ ।
धनु राशिका ब्यक्तिलाई अनेक व्यवसायबाट लाभ होला तर नोकरीबाट भने त्यति उन्नति नहोला । बिहीवार क्रयविक्रय गर्नाले विशेष लाभ हुन्छ । यस राशिका लागि सोमबार अशुभ होला ।
यस राशिवालालाई मेष, कर्कट, सिंह र वृश्चिक राशिका व्यक्तिसँग मित्रता र वृष, मिथुन, कन्या र तुला राशिवाला व्यक्तिसँग वैरभाव होला । यस राशिको मालिक बृहस्पति भएकोले त्यसको रत्न पुष्पराज धारण गर्नु र बृहस्पतिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।
लालकिताबअनुसार
पीताम्बरधारी सन्तबाट टाढै रहनु, कुनै आभूषण धारण गर्नु, धार्मिक स्थलमा घिउ, दही, आलु र कपूर दान दिनु, भिखारीलाई निराश नपठाउनु, गङ्काजल सेवन गर्नुका साथै गङ्काजलले स्नान पनि गर्नु, तीर्थयात्रा गर्नु, तीर्थयात्राका लागि अरुलाई मद्दत गर्नु, सधैँ सत्य बोल्नु र धार्मिकताको पालना पनि गर्नु, कुनै पनि कार्यारम्भ गर्नुअघि नाक सफा गर्नु, पहेलो रुमाल साथमै राख्नु, पिताको पलङ् र कपडा प्रयोग गर्नु, झुटो साक्षी नबस्नु, पीपलको सेवा गर्नु, कसैलाई नठग्नु, गुरु, साधु र पीपलको पूजा गर्नु, बिहीबार व्रत गर्नु, हरिवंश पुराण श्रवण गर्नु, पहेलो फूल फुल्ने बोटबिरुवा लगाउनु, ब्राह्मण साधु र कुलगुरुको सेवा गर्नु ।

Share Post
वृश्चिक राशी
कर्कट राशी

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

नेपाली ज्योतिष
केन्द्रिय कार्यालय – सुकेधारा काठमाडौ नेपाल

  • अनलाइन ज्योतिष
  • अनलाइन पुजा
  • चिना कुण्डली निर्माण
  • बास्तु परामर्श सेवा
  • किनमेल

Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology