नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत निम्नानुसार सार्वजानिक गरेको छ ।
– घटस्थापना
असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि
चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
– झण्डा फेर्ने
असोज २२ गते शुक्रवार झण्डा फेर्ने साइत ११ः५६ बजे । पश्चिम फर्केर झण्डा फेर्ने।
असोज २५ गते साेमवार पचली भैरव यात्रा ।
– फूलपाती
असोज २६ गते मङ्गलवार फूलपाती।
फूलपातीकै दिन हनुमानढोकामा तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ ।
तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ ।
-महाअष्टमी
असोज २७ गते बुधवार ।
त्यसै राति कालरात्रिको पूजा ।
– महानवमी
असोज २८ गते बिहीवार महानवमी पर्व ।
– विजयदशमी
असोज २९ गते शुक्रवार विजयादशमी पर्व । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गर्ने ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । यद्यपि त्यस दिनभर नै टीका ग्रहण गर्न मिल्ने। टीका लगाउने मानिस पूर्व फर्कने ।त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।
तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने ।
कोजाग्रत पूर्णिमा
आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
#नेपालीज्योतिष
Leave a reply