Search
Close this search box.
वडादशैँको शुभ साइतहरु

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ ।

जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ यसदिन देखि नवरात्रारम्भ हुन्छ । आश्विन २८ गते बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने देखिन्छ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ भने देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको नेपाल पंचांग निर्णायक विकास समितिले जनाएको छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व वडादशैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे (पश्चिम मोहडा) रहेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

वडादशैँको शुभ साइतहरु