वृश्चिक राशी

नामाक्षर (तो ना नी नू ने नो या यी यु)
यस राशिको व्यक्ति प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेलो नेत्र भएको, परस्त्रीमा आसक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छ ।
त्यसैगरी बाल्यावस्थामा रोगी, राजकुलबाट सम्मानित, माता, पिता, गुरु आदिबाट सम्मान नपाउने, लुकेर दुव्र्यसनमा लाग्ने आदि लक्षणले युक्त हुन सक्छ ।
त्यस्तै क्रोधी, मित्रद्रोही, अविश्वसनीय, अर्काको कामको विघ्नकर्ता, पापी, पराक्रमी, शत्रुजयी हुन्छ । यस व्यक्तिलाई व्यापार फाप्छ ।
यस राशिको व्यक्तिको मेष, कर्कट, सिंह, धनु र मीन राशिवालासँग मित्रता हुन सक्छ । यस राशिवालालाई बुधबार अशुभ हुन्छ ।
यस राशिको मालिक मङ्कल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मङ्कलको पूजापाठ र जप गर्नुका साथै मङ्कलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।
लालकिताबअनुसार
कसैसँग पनि सित्तैमा कुनै चिज नलिनु, महिलामा बिशेष भाउजुको सेवा गर्नु, दाजुलाई अवहेलना नगर्नु, रातो रुमालको प्रयोग गर्नु, प्रातः कालमा मह खानु, मङ्कलबार व्रत गर्नु, हनुमानलाई सिन्दुर र चोला चढाउनु, मह, सिन्दुर र मुसुरोको दाल नदीमा प्रवाहित गर्नु, राति मृगचर्ममा सुत्नु, शुद्ध चाँदीको भाँडामा भोजन गर्नु, घरमा रातो रङ्कको प्रयोग गर्नु, रातो गुलाव नदीमा बगाउनु र धार्मिक स्थलमा लड्डू चढाएर प्रसाद बाँड्नु ।

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा बुध:जान्नुहाेस् सम्पूर्ण रहस्य ।

The Significance of Mars in Vedic Astrology: Unleashing the Warrior Planet’s Influence

वैदिक ज्याेतिषमा मंगल : उर्जा र साहसकाे खानी!

यस्ताे छ जनैकाे धार्मिक तथा वैज्ञानिक महत्त्व!-जनै पूर्णिमा विशेष

वृश्चिक राशी