Search
Close this search box.
बार्षिक राशिफल

मेष:

मेष राशिलाई यो साल ग्रहगोचरीय दृष्टिले सुखदफल पाप्त होला । अन्य ग्रहको अनुकूलता शुभाशुभ ढंगले मिश्रितफल प्राप्त होला । वाणीमा कटुतापूर्ण अवस्थाको उत्पत्तिले विचार पुग्याएर बोल्दामा नै कल्याण होला । दैवी दुर्घटनाको मात्रामा घटबढी भइरहला । नोकरीमा खटपट्ले आत्मसम्मान घटाउला । राजनीतिमा आफ्नो महत्वले खासै सम्मान नपाउला । भाग्यशक्ति मजबुत रहनाले मनमा सोचेको काम बन्ला । वौद्धिकताको वृद्धिले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरू सफल होलान । आमाबाबु र दाजुभाइ दिदीबहिनीबाट सुखै पाहिएला । इष्टमित्रको सामिप्यता पनि नघट्ला । कृषिजन्यकार्य, पशु-पंक्षिपालन र जग्गा जमिन सम्बन्धीकार्यले आर्थिक सन्तुलन मजबुत बन्ला । वैदेशिक रोजगारले आय स्रोतमा टेवा पुचाउला । सन्तानबाट प्रयाप्त सुख होला । दाजुभाइ दिदीबहिनीबाट शुभेच्छा मिल्ला । पापकार्यबाट निराशा उत्पन्न गराउला । धर्मकार्य प्रति आस्था बढ्दै जानाले धर्मवान्‌ बनाउला ।रोगब्याधको प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको प्रगति प्रदर्शनीय छ । पति पत्नी बीच प्रेमाभावयुक्त सम्बन्ध रहला अनावश्यक खर्च नियन्त्रणमा आउला । (स्वामी: मङ्गल, रत्नः मुगा, शुभरंगः रातो)

बृषः

बृष राशिलाई यो साल शुभाशुभ ग्रहहरूको अनुकलताले वर्ष सामान्य अवस्थाको रहनाले सुखद्‌ वातावरणमा वित्ला यो वर्ष । तर राहुले आँटेको कार्यमा बिघ्न बाधा निम्त्याउला । भाग्यशक्ति अलि कमजोर प्रकारको होला । वाणीमा खराव तत्वको उत्पत्तिले विचार पुस्याएर बोल्दामा नै कल्याण होला । मनले आँटेको कार्य अवरुद्ध होलान ।दैवीय दुर्घटनाको भयले सताउला । राजनीतिले मानसिक शान्ति प्रदायक बनाउला ।नोकरीमा ख्याति बढ्ला । कर्षिजन्यकार्य, पशु-पंक्षिपालनले र  सन्तुष्टि देला । ब्यापार व्यावसायले समृद्ध बनाउला ।जग्गा-जमिनको कारोवारले आर्थिक मन्दी निराकरणमा मद्दत पुग्ला । वैदेशिक रोजगारले जीवन यापनमा आर्थिक सुधार गर्ला । पापीय मनोवृतिमा ध्यान घटि धर्मकर्म प्रतिको सद्भावमा सुधार आउला । वौद्धिकताको उच्चताले पठन-पाठनादि सफल होला । आमाबाबु र दाजुभाइ-दिदीबहिनीको सद्भाव कायमै रहला । पतिपत्नी बीचको सम्बन्ध सुमधुर बन्ला । सन्तानहरू आज्ञाकारी होलान । मौसमी बाहेक स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याधको शमनमा सफलता । हासिल गरे पनि आकस्मिक रुपमा देखा पर्ने रोगब्याध शमनमा भने लाचारी नै देखिन्छ ।(स्वामी: शुक्र, रत्नः हीरा, शुभरंगः सेतो)

मिथुन:

 मिथुन राशिलाई यो साल शनिको अढैया दशाले केही जटिलता देखिए पनि अन्य ग्रहको अनुक्‌लताले  सुखद परिस्थिति निम्त्याउला । समग्रमा भन्नु पर्दा मिश्रित फलप्रदायक बन्ला । बाणी खासै प्रभावशाली नबन्ला । वौद्धिकतामा ह्रास आउनाले पढाई लेखाई लगायत परीक्षा प्रतियोगिताहरू बढी सफल बन्न नसक्ला । सवारी दुर्घटना लगायत दैवी विपत्तिले कहिले काँही साह्रै पीडित बनाउला ।रोगब्याधको प्रकोप नियन्त्रणमा आउन मुस्किलताले स्वास्थ्य विज्ञानलाई चुनौति थपिएला । शत्रुहरू प्रतिष्ठा गिराउन खोज्लान । ब्यर्थको ब्ययभार नियन्त्रणमा  ल्याउन गाह्रो पर्ला । भाग्यशक्ति मजबुत रहनाले मनोवाञ्छित कार्यहरू सफल हुदै जालान । व्यापार व्यवसाय, खेतीकिसानी,जग्गाजमिन र पशु-पंक्षिपालनले जीवनस्तरमा मद्दत पुग्ला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्ला । पापीय भावना मनबाट गिर्दै धर्मकर्मप्रतिको आस्थाले नैतिकवान्‌  बनाउला । नोकरीमा हुने कार्यको प्रशंसा सर्वत्र होला। राजनीतिले सौभाग्यशाली बनाउला । पतिपत्नीबीचको स्नेहले दाम्पत्य जीवन खुशहालीमा बित्ला । सन्तानहरू आज्ञाकारी होलान । आमाबाबु, दाजुभाइ-दिदीबहिनीको शुभेच्छा अटल र दिगो रहला ।

(स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो)

कर्कट:

कर्कट राशिलाई यो साल आय-व्ययको समानताले सामान्य ढङ्गमा वित्ला । त्यस्तै सबै प्रकारले . सुखद समयको आगमन होला यो वर्ष ।भाग्यशक्तिको बलले मनोवाञ्छित कार्यहरू सफल होलान ।बाणीको प्रभावकारीताले प्रतिष्ठित व्यक्तिको  सामिप्यतामा महत्वपूर्ण कामले पूर्णता पाउला । राजनीतिले सम्मानित व्याक्तत्वको पारिचय बनाउला । नोकरीमा भएका कार्यको प्रशंसा होला । आमाबाबु  र दाजुभाइ दिदीबहिनीबाट सद्भाव कायमै रहला । इष्टमित्रको सामिप्यता पनि बढ्ला । व्यापार व्यावसाय जग्गा जमिन र वैदेशिक रोजगारीबाट पनि मनग्यै फाइदा होला । रोगब्याधको प्रकोप नियन्त्रणमा आउला । पापकार्यलाई नियन्त्रणमा ल्याउन सफल भइएला । धार्मिक गतिविधिले अनेकौं तीर्थ यात्राको अवसरहरूत जुट्लान । पतिपत्नी बीचको समझदारीले दाम्पत्य जीवन सुखमय होला ।सवारी दुर्घटना लगायत दैवीय विपत्तिको संभावना रहला । आँटेको कार्य अवरुद्ध होलान । कृषिजन्यकार्य, पशु-पंक्षिपालनले आर्थिक सन्तुलनमा कठिनाइ उत्पन्न होला । सन्तानबाट सुख पाउन गाह्ठो पर्ला, वौद्धिकताको कमिले गर्दा पढाई लेखाई लगायत परीक्षा, प्रतियोगिताहरू सफल होला जस्तो लाग्दैन ।

(स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो)

सिंह:

सिंह राशिलाई यो साल सामान्य अवस्थामा गुर्जेला । वृहस्पतिको अनुकुलताले बौद्धिक स्थिति मजबुत भइ शुभाशुभ सबै किसिमको फलले युक्त रहला वर्ष । वौद्धिकताको बढोत्तरीले पढाई लेखाइ लगायत परीक्षा प्रतियोगिता सफल रहला । सवारी दुर्घटना लगायत दैवी विपतिमा कमि आउला । शत्रुबाट प्रताडित हुनुपर्ला । पशु-पंक्षिपालन र जग्गा जमिनको कारोवारले | आर्थिक तंगी हटाउन न सक्ला । आमाबानु, इष्टमित्रहरू सच्चा आस्थावान्‌ हुन नसक्लान । सन्तानको स्नेहबाट बञ्चित हुनु पर्ला । नोकरीमा खिचातानीको शिकार हुनुपर्ला । राजनीतिले खासै सफल नगर्ला ।भाग्यशक्ति निक्कै उर्वर होला । वाणी प्रभावकारी बन्नाले ठुला-बडाको सामिप्यमा महत्वपूर्णकार्य सम्पन्न होला । पापीय कार्यको लेससम्म पनि हटदै जानाले मनप्रफुल्लित बनाउला । धार्मिक भावना को उत्पतिले अनेकौं तीर्थाटनको अवसरहरू जुटलान । ब्यापार व्यवसायबाट उन्तति होला । कृषिजन्यकार्यले प्रगतिमार्ग विस्तार होला | वैदेशिककार्यमा सफलता हासिल होला । दाजुभाइ दिदीबहिनीको बीचमा स्नेह नघटला । पति पत्नी बीचको सम्बन्ध सुमधुर तवरले बित्ला । सन्तानहरू आज्ञाकारी सावित होलान । स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याधको प्रकोप नियन्त्रणमा आउला ।

(स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंगः रातो)

कन्या:

कन्या:

कन्या राशिलाई यो साल प्रायशः सर्वत्र सफल रहला । गुरुको अनुक्‌लताले पनि शुभप्रद बनाउला । समग्रमा भन्नुपर्दा शुभप्रदायक नबन्ने पनि होइन। वाणीको प्रभावले ठुलै काम बन्ला । जग्गा-जमिन तथा पशु-पंक्षिपालन व्यवसायले आर्थिकस्थिति मजबुत बनाउला । व्यापार व्यावसायले गतिलै फाइदा गर्ला । सवारी दुर्घटना सहित दैवी विपतिमा न्यूनता आउला ।राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । नोकरीमा ख्याति बढ्नाले सबैले प्रशंसा गर्लान । अनावश्यक खर्च नियन्त्रणमा आउला । पतिपत्नीको सम्बन्धमा लालित्य झल्केला । सन्तानहरू आज्ञाकारी साबित होलान । स्वास्थ्य विज्ञानको प्रगतिले रोगव्याधको । प्रकोप नियन्त्रणमा आउला । भाग्यशक्ति अलि कमजोर प्रकारको होला । वौद्धिकताको बढोत्तरीले पढाई लेखाइ लगायत परीक्षा प्रतियोगिता सफल हुन नसक्ला । शत्रुबाट प्रताडित हुनुपर्ला । दाजुभाइ /दिदीबहिनीको शुभेच्छा घट्ला ।रोगब्याधको प्रकोपले शरीर अस्वस्थ्य नबन्ने पनि होइन्‌ । आमाबाबुको स्नेहमा कमि आउला । इष्टमित्रहरु पनि कुरा काट्न थाल्लान । पापीय कार्यमा मनमा चञ्चलाहट बढ्दै जाला । अनेकौं तीर्थाटनको अवसरले धर्मप्रतिको आदराभाव बढ्ला ।

(स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो)

तुला:

तुलाः राशिलाई यो साल शनिको अढैया दशाले सामान्य जटिलता देखाए पनि अन्य ग्रहको अनुक्‌लताले शुभशुभादि स्वस्थ्य र आत्मविश्वासी बनाउला । भाग्यशक्ति उर्वर बन्दै जानाले मानसिक शान्ति स्थिर रहला । वौद्धिकताको उच्चताले पठन पाठन लगायत परीक्षा प्रतियोगिताहरू सफल होलान । सत्यबादी प्रवातिको उदयले मन हर्षित बनाउला । कषिजन्यकार्य पशु-पंक्षिपालन र जग्गा-जमिनको व्यवसाय उपलब्धी मूलक रहला । ब्यापार व्यवसायले फाइदा गराउला । अनावश्यक ब्ययभार घट्दै गएको अनुभूति होला ।आमा-बाबु तथा पति-पत्नीमा प्रेमाभाव युक्त सम्बन्धले जटिल परिस्थिति पनि सरल बन्ला । सन्तान सुख प्रयाप्त होला । सामान्य बाहेक जटिल रोगब्याधको प्रकोप पनि नियन्त्रणमा आउनाले सर्वत्र खुशी छाउला । राजनीतिले ब्यक्तित्व बिकासमा मदत पुस्याउला । नोकरीबाट ख्याति बढ्नाले समाजमा रवाफ झल्केला । बाणीमा कटतुतापूर्ण व्यवहार देखिनाले ठुला-बडाको सामिप्यता पाउन मुस्किल होला । दाजुभाइ दिदीबहिनीको सद्भाव घट्दै गएको महसुस होला । पापकार्यमा रुचि बढ्दै जानाले मन दिभ्रमित बनाउला । धार्मिक तृष्णाले थुप्रै तीर्थयात्राको अवसर निम्ते पनि धर्मकर्म प्रतिको सद्भाव खासै नबढ्ला । (स्वामी: शुक्र, रत्न: हीरा, शुभरंगः सेतो)

वृश्चिक

बृश्चिक: राशिलाई यो साल धेरै उल्लेख्य नरहेँ पनि मध्यम किसिमबाट गुर्जिएला । केही ग्रहको अनुक्लताले मानसिक शान्तिलाइ स्थिर बनाउला ।बौद्धिकताको उच्चताले पठन पाठन लगायत परीक्षा प्रतियोगिताहरू सफल होलान । भाग्यशक्ति निक्कै उर्वर बन्दै जानाले मानसिक शान्ति अटल रहला । वाणीका प्रभावले ठुलै काम बन्ला । शत्रु परास्त होलान । सवारी दुर्घटना लगायत दैवी विपतिहरू क्रमशः घटला ।कृषिजन्यकार्य पशु-पंक्षिपालन, जग्गा-जमिनको व्यवसाय उपलब्धी मूलक बन्ला । पापीय मनोभावना उब्जेला जस्तो लाग्दैन । धर्म-कर्म प्रतिको आस्थाले मनमा शान्ति छाउला । राजनीतिले ब्यक्तित्व बिकासमा मद्दत पुस्याउला । नोकरीबाट ख्याति बढ्ने कार्यले समाजमा प्रशंसित गराउला । इष्टमित्रबाट आदरभाव पाइएला आमाबाबुको शुभेच्छा तथा दाजुभाइ दिदीबहिनीको सद्भाव नघटला ।ब्यापार व्यवसाय आर्थिक समुन्नति हुन नसक्ला । पति-पत्तीमा सामान्य खट्पटले उग्ररुप नलेला भन्ने  छैन । सन्तानबाट अशान्ति होला । शत्रुबाट प्रताडित हुनु पर्ला । स्वास्थ्य विज्ञानको प्रगतिउन्मुख देखिए पनि रोगव्याधको प्रकोप नियन्त्रणमा ल्याउन कठिनाइ नआउला भन्न सकिने अवस्था छैन ।

(स्वामी: मङ्गल, रत्न: मुँगा, शुभरंग: रातो)

धनु:

धनु राशिलाई यो साल शनिको अन्त्य साँढेसाती अशुभ रहेँ पनि अन्य ग्रहहरूको अनुकुलताले सबैतिर सुख-शान्तिदायी अवस्था आउला । जोश-जाँगर घटदै जानाले आलश्यमय बन्ला शरीर । रोगब्याधमा स्वास्थ्य विज्ञानले प्रगति गरे पनि मौसमी रोगब्याधले भने कहिले काही खराव नगर्ला भन्ने छैन । शत्रुहरूको होच्याउने र खसाल्ने प्रयत्नले हतोत्साहित बनाउला । बाणीको प्रभावमा महत्वपूर्ण व्यक्तिको दृष्टि पर्ला । पाप कार्यमा मनोभावनाको जागरणले दीन दुःखी प्रति सद्भाव जाग्ला ।धार्मिक कृत्यको अभिरुचिले अनेकौं तीर्थयात्राको अवसरले सुख शान्ति छाउला । बौद्धिकस्तर उच्च रहनाले परीक्षा लगायत प्रतियोगिताहरू सफल बन्ला । नोकरीको ख्यातिले समाजमा छुट्टै पहिचान स्थापित गराउला ।  राजनीतिमा गरेको त्याग र तपस्याले समाजमा छुट्टै पहिचान स्थापित गराउला । भाग्यशक्ति उर्वर बन्ला । ब्यापार व्यवसायबाट उन्ततिमार्ग विस्तार होला । कृर्षिजन्यकार्यबाट, पशु-पंक्षिपालन र जग्गा जमिनको कारोबारले आर्थिकमन्दी निराकरणमा मद्दत गर्ला । पति-पत्नीमा माधुर्यता बढदै जानाले आपसी उत्सुकता बढ्ला । दाजुभाइ /दिदीबहिनीको सहयोग अटल रहला । आमाबाबुको आशीर्वाद कायमै । सवारी दुर्घटना लगायत दैवी विपति विस्तारै घटदै जाला ।

(स्वामी: वहस्पति, रत्न: पुष्पराज, शुभरंग:पहेँलो)

मकर:

मकर: राशिलाई यो सालभर शनिले भ्रमण गर्ने हुँदा शनिको मध्य साँढेसाती दशाले केही अप्रिय र अशुभादि घटनाको प्रवलता रहला । तर अन्य शुभ ग्रहको अनुकुलताले सुखदायी पनि बनाउला । बाणीको प्रभावकारीताले महत्वपूर्ण व्यक्तिको नजरमा परिएला । स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याधको शमनमा सफलता हासिल होला । सवारी दुर्घटना लगायत दैवीय विपत्ति घट्ला । शत्रु परास्त होलान । ब्यापार व्यवसायबाट आर्थिक समुन्ततिको मार्ग विस्तार गर्ला ।कृषिजन्यकार्यले पनि प्रगति नै गर्ला । पति-पत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखद्‌ होला । भाग्यशक्ति मजबुत रहला । पापीय मनोभाव विलिनतातर्फ उन्मुख होला । धार्मिक क्रियाकलापमा मन केन्द्रित रहनाले मानसिक शान्ति बढाउला । नोकरीमा ख्याति बढनाले प्रशंसा होला । राजनीतिले परिचय वृद्धि गर्ने कार्य गर्ला । सवारी दुर्घटना तथा दैवी विपति घट्दै जाला बौद्धिकस्तर खस्कदै गएर पढाई लेखाइ तथा परीक्षा  प्रतियोगिताहरूको सफलतामा कठिनाइ आउला । आमा बाबुको शुभेच्छा घट्ला । सन्तान अनुशासित न होलान । वैदेशिक रोजगारले उपयुक्त वातावरण देखाउन नसक्ला । पशु-पंक्षिपालन तथा जग्गा-जमिनको कामबाट र पनि खासै सन्तोषजनक अवस्था आउन न सक्ला। (स्वामी: शनि, रत्न: नीलम, शुभरंग:ः कालो)

कुम्भः

कुम्भ राशिलाई यो वर्षभर नै शनिको आद्य साँढेसाती दशाले सामान्य मुस्किल होला । तर अन्य ग्रहको अनुकलताले सुखदस्थिति पनि ल्याउला ।आमा-बाबुको आशीर्वाद र इष्टमित्रको सदभाव घट्ला । सन्तान सुखबाट पनि बञ्चित हुनु पर्ला । कृषिजन्यकार्य तथा पशु-पंक्षिपालनले आर्थिक उन्नतिमा बाधा गर्ला । राजनीतिले उचित कदर नगर्दा विद्रोही भावनाको प्रादुर्भाव हुन थाल्ला । नोकरीमा खट्पट पर्ला । बौद्धिकताको कमिले गर्दा परीक्षा लगायत प्रतियोगिताहरूमा सफलता पाउन मुस्किल होला।  वाणीको प्रभावले ठुलाबडाको सामिप्यतामा हुर्किन पाइएला । पति-पत्नी बीचस्नेहले दाम्पत्य जीवन सुखद बन्ला । दाजुभाइ /दिदीबहिनीको सहयोग रहला । भाग्य शक्ति बलियो होला । शत्रुहरू परास्त होलान । ब्यापार व्यवसायबाट आर्थिकतामा वृद्धि गर्ला । जोश-जाँगरको वृद्धिले मानसिक तिव्रताका साथै पापीय भावनाको [न्यूनताले शान्ति होला । धार्मिक क्रियाकलापमा मन केन्द्रित रहनाले एकाग्रता बढ्ला । सवारी दुर्घटना लगायत दैवी विपतिमा न्यूनता आउला । स्वास्थ्य विज्ञानको प्रगतिले जटिल रोगब्याधको शमनमा सफलता हासिल गर्ला । जग्गा जमिन सम्बन्धि कार्यबाट अर्थतन्त्रको अवस्था मजबुत बनाउला ।

(स्वामी: शनि, रत्न: नीलम, शुभरंगः कालो)

मीन:

मीन राशिलाई यो सालमा पनि घाम छायाँ झैं शुभाशुभ ग्रहको प्रभावले अशुभ अवस्था पनि सुखद्‌ बनाएर लैजाला। वाणीको प्रभावले महत्वपूर्ण कार्यमा सरलता आउला । आमा-बावु र दाजुभाइ दिदीबहिनीको नजरमा परिएला । कृषिजन्यकार्यबाट प्रशस्त फाइदा होला ।ब्यापार व्यवसायले समृद्धशाली बनाउला । पति-पत्नीमा स्नेहभाव बढ्दै जानाले आपसी उत्सुकता बढाउला । बौद्धिकता उच्च रहनाले परीक्षा लगायत प्रतियोगिताहरू सफल बन्दै जालान । राजनैतिक गतिबिधिमा आफ्नो बर्चश्व बढाउन सफल भइएला। नोकरीमा ख्याति बढ्ला , स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याध शमनमा सफलताहासिल होलान । पापीय भावना निमूलतातर्फ उन्मुख हुँदै जाला । धार्मिक आस्थाले मन शान्त र स्थिर बनाउला ।दैवी दुर्घटना जस्ता विपति घटला । अनावश्यक खर्च नियन्त्रणमा आइ आफ्नो दक्षताको अभिवृद्धि र भाग्यशक्ति कमजोर होला । दाजुभाइ दिदीबहिनीको वास्तामा कमि, इृष्टमित्रबाट धोका पाइएला । पश्‌-पंक्षिपालनले हानि गर्ला । सन्तानहरू स्वार्थी प्रवृतिका होलान । जग्गा-जमिन सम्बन्धिकार्यबाट अर्थतन्त्रको अवस्था मजबुत बन्न नसक्ला । शत्रुबाट बढी नै प्रताडित हुनु पर्ला ।

(स्वामी: वहस्पति, रत्न: पुष्पराज, शुभरंग:पहेँलो)

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

बार्षिक राशिफल